
पोखरा – उपनिर्वाचनको दिन कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान जारी छ।
बिहान ७ बजेदेखि सुरु भएको ३२ स्थलका ८२ केन्द्रमा शान्तिपूर्वक मतदान गर्ने काम सञ्चालन भइरहेको हो।
मतदाताहरु उत्साहपूर्वक निर्वाचन कार्यक्रममा भाग लिएका छन्। सोही क्रममा पोखरा–१७ की ९५ वर्षीया पदमकुमारी शेरचनले मतदान गरेकी छन्।
उनले पार्दी माविस्थित केन्द्रबाट मतदान गरेकी हुन्। उक्त स्थलमा ५ केन्द्रका ५ हजार २८ मतदाता छन्।
जिल्ला निर्वाचन कार्यालय कास्कीका जिल्ला निर्वाचन अधिकृत महेन्द्र सुवेदीले दिउँसो ३ बजेसम्ममा ५५ प्रतिशत मतदान भएको जानकारी दिए। कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता छन्।