
पोखरा – (अपडेट) कास्कीको पोखरा–२० मौजा बिसौनास्थित बाटो स्तरोन्नतीको क्रममा माटोको ढिस्कोले परिएका पाँचैजनाको मृत्यु भएको छ।
पाँचैजनाको शव निकालिएको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
भलामबाट मौजा पुग्ने सडकखण्डको स्तरोन्नतीका लागि ‘रिटेनिङ वाल’ लगाउने क्रममा कामदारलाई माथिबाट खसेको ढिस्कोले पुरेको हो ।
ढिस्को खस्दाखस्दै दुईजना भाग्न सफल भएका थिए । पुरिएका पाँचजनालाई जीवितै उद्धार गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।
मृत भेदिएका पाँचैजना सल्यानको जिल्फाबाट कामका लागि उनीहरु त्यहाँ आएका थिए । ढिस्कोले पुरिएर ज्यान गुमाउनेमा खिमलाल वली, गणेश वली, जित बहादुर बस्नेत, जोगेन्द्र बुढाथोकी र तोभान बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।