‘विपदका बेला अपांगता भएकालाई बचाउन सरकार गम्भीर छैन’

‘विपदका बेला अपांगता भएकालाई बचाउन सरकार गम्भीर छैन’
+
-

काठमाडौँ– आगलागी लगायत प्राकृतिक विपद्का बेला अपांगता भएका व्यक्तिहरुलाई कसरी जोगाउनेबारे सरकार गम्भीर नभएको सरोकारवालाले गुनासो गरेका छन्।

२८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा सरोकार फाउन्डेशनद्वारा आइतबार राजधानीको नक्सालस्थित केन्द्रीय बहिरा उच्च माध्यामिक विद्यालयमा आयोजित सचेतना कार्यक्रममा उनीहरुले त्यस्तो गुनासो गरेका हुन्।

पूर्व दमकल चिफ तथा काठमाडौँ महानगरपालिकाका अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन प्रशिक्षक किशोरकुमार भट्टराईले विपद्का बेला अपांगता भएका व्यक्ति सबैभन्दा बढी पीडित तथा प्रभावित हुने तर उनीहरु आफै जोगिन अपनाउनु पर्ने उपायबारे सरकारले जानकारी नदिने गरेको बताए।

उनले भने,‘आगजनी होस् या अन्य कुनै विपद्, त्यस्तो बेला अपांगता भएका व्यक्तिहरुलाई जोगिन धेरै गाह्रो पर्छ। शारीरिक अपांगता भएकाहरु भाग्न सक्दैनन्। आँखा नदेख्नेहरुले आफ्नो अगाडी के भएको छ थाहा पाउँदैनन्। बोल्न नसक्नेहरुले आफ्नो समस्या अरुलाई भन्न सक्दैनन् तर विशेष तालिम, सीप र ज्ञान दियो भने केही हदसम्म उनीहरुले आफ्नो ज्यान जोगाउन सक्छन्।’

राष्ट्रिय अपाङग महासंघका केन्द्रिय सदस्य कृष्ण गजुरेलले सरकार र अन्य संघ संस्थाबाट यस विषयमा कुनै ठोस पहल नभएको बताए। बहिराहरु सुन्न र बोल्न नसके पनि काम गर्न सक्ने भन्दै उनीहरुबीच यस्ता चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

सरोकार फाउन्डेशनका अध्यक्ष पल्लव पन्तले वर्षेनी नेपालमा आगलागीबाट ५ अर्ब रुपैयाँको क्षति हुने भन्दै विश्वभरी नै विपद्को समयमा अपाङगता भएका व्यक्तिले दुख झेल्नुपरेको बताएका थिए ।

कार्यक्रममा भट्टराईले अपाङगता भएका व्यक्तिहरुले आगजनीबाट बच्ने सुरक्षित उपायहरुबारे तयार पारिएको डकुमेन्ट्री प्रस्तुत गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?