
जनकपुरधाम– राम-जानकी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आइतबार जनकपुरधामको बाह्रविघामा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ।
राम–जानकी विवाह उत्सवमा सहभागि हुन जनकपुरमा मानवसागर उर्लिएको छ। विवाह पञ्चमीमा स्वयंम्वर कार्यक्रममा सहभागि हुनका लागि हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लागेको छ।
आइतबार विवाहपञ्चमीको छैठौँ दिन राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको छ। सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्प वृष्टि गरिएको थियो। सीता–राम विवाह कार्यक्रम केहीबेरमा सम्पन्न हुनेछ।
जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ। भिडभाडमा हुन सक्ने अपराधिक घटनालाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत खटाइएको छ।
सुरुक्षालाई मध्यनजर गर्दै एक सयभन्दा बढी ठाउँमा सीसी क्यामरा जडान गरिएको छ भने ड्रोन क्यामराबाट अत्यधिक भीडभाड भएको क्षेत्रमा निगरानी बढाइएको छ।