
पोखरा-कास्की–२ मा प्रतिनिधिसभा सदस्यमा नेकपा उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छिन्।
८ हजार ४ सय ३ मतान्तर सहित विद्या भट्टराई विजयी भएकी हुन्। उनले २४ हजार ३ सय ९४ मत ल्याएकी छिन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत ल्याएका छन्।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको कास्की- २ मा उनकी पत्नी विद्या भट्टराई उम्मेदवार बनेकी छन्।