
ईश्वर देवकोटा
मंसिर १७, २०७६

अ
+
अ
अ
-
पोखरा – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको मंगलबार पोखरामा सम्पन्न दुआथलनको पुरुष तर्फ नेपालले स्वर्ण पदक जितेको छ ।
नेपालका हिमाल टमाटाले उक्त प्रतिस्पर्धामा स्वर्ण पदक जितेका हुन् । उक्त स्पर्धामा नेपालकै लक्ष्मण मल्लले रजत पदक जिते । श्रीलंकाले कास्य पदक जितेकाे छ ।
प्रतिस्पर्धामा भारत र श्रीलंकाका सहित ६ खेलाडी सहभागी थिए । खेल पोखराको लेकसाइडमा भएको हो।

