महानगरको रातो किताबमा अपाङ्गमैत्री कार्यक्रम समेटेको छु- मेयर महर्जन

महानगरको रातो किताबमा अपाङ्गमैत्री कार्यक्रम समेटेको छु- मेयर महर्जन
+
-

ललितपुर महानगरपालिकाको कार्यालय अपाङमैत्री बनाइएको छ। मंगलबार महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अन्तराष्ट्रिय अपाङग दिवसको अवसर पारेर

कार्यालयमा अपाङमैत्री लिफ्टको उद‌घाटन समेत अपाङता भएका व्‍यक्तिहरुबाटै गराएका छन्।  ह्विलचेयरमा बसेर भोजराज श्रेष्ठ र अञ्‍जना लामाले संयुक्त रुपमा लिफ्टको उद्घाटन गरेका थिए।

कार्यक्रममा ललितपुर महानगरलाई नै अपाङ्गतामैत्री बनाउने तयारी गरिएको मेयर हर्जनले बताए। उनले भने, ‘ यो वर्ष त हामीले एउटा अपाङमैत्री कामको सुरुवात गरकेा छौ। अब आउने अर्को वर्ष यही मञ्‍चबाट थप  सुधारका कामहरु गरेको भन्‍न पाउने छौ।’

उनले महानगरमा सबैभन्दा धेरै पीडा अपाङगता भएका व्‍यक्तिहरुले झेल्नु परेका भन्‍दै अब आउँदा दिनमा  नयाँ योजनाका साथ अगाडि बढाउने प्रतिबद्धता व्‍यक्त गरे।

उनले भने, ‘ म चुनाव जितेर आउँदा करीब २ वर्ष वितिसकेको छ। तर मैले गरेका प्रतिबद्धताहरु पूरा गर्ने गरेको छु। यस कारण मैले तपाइहरुको समस्याको समाधान गर्नतर्फ अग्रसर भएको हुँ।  साथै मैले बोलेको प्रतिबद्धता पूरा नगरे लाज र रिस उठ्ने गर्छ। ‘

यसका साथै उनले महानगरको बजेट सम्बन्धि रातो पुस्तकमा अपाङगतासँग सरोकार राख्‍ने थुप्रै कार्यक्रमहरु रहेको दाबी गरे।  उनले भने, ‘ एक पटक त्यो रातो पुस्तक तपाइहरु दिल खोलेर हेरिदुनस् र त्यसमा भएको कार्यक्रमहरुमा सहभागी हुनुहोस्।’

यस्तै  लिफ्ट उद्‌घाटन गर्न आएका भोजराज श्रेष्ठले महानगर साँच्चै नै अब अपाङगमैत्री हुन लागेकोमा खुसी व्‍यक्त गरेका छन्। उनले भने, ‘ महानगरले अब साँच्‍चै अपाङमैत्री कार्यालय बनायो। हाम्रो मनोबल यसले बढाएको छ। हामी अरु महागनरलाई पनि अपाङगमैत्री बनाउन अनुरोध गर्दछौ।’

कार्यक्रममा प्रभातफेरि समेत गरिएको थियो भने कोणसभा गरेर विभिन्‍न गीत, संगीत तथा झाँकीहरु देखाइएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?