सिमकोट-विगत लामो समयदेखि गाउँपालिकामा स्वास्थ्य स्वयम सेबिकाको रुपमा कार्यरत पुरानालाई बिदाइ गरिएको छ भने नयाँलाई स्वागत गरिएको छ।
स्वयम सेबिका राख्ने नयाँ मापदण्ड अनुसार पुराना सेविका नपुगेपछि नयाँ भर्ना गरिएदा ४५ जना पुरानालाई बिदाई गर्दा त्यही संख्यामा नयाँलाई समेत स्वागत गरिएको हो।
कार्यक्रममा गाउँमा स्वास्थ्य स्वयम सेबिकाको रुपमा काम गरेर बिदाई भएका स्थानीय महिलाहरुले हामीले कस्तौ गर्यौ, जनताले भन्नु होला अब तपाईहरुले राम्रो गर्नु होला भन्ने सुझाब दिएका छ।
कम्तीमा एसइइ परीक्षा उतीर्णलाई स्वस्थ्य स्वयम सेविकाको रुपमा राख्ने नीति गाउँपालिकाले ल्याएपछि बिदाइ हुने महिलाले नयाँलाई यस्तो सुझाव दिएका हुन।
बिगत बाह्र बर्षदेखि साबिकको सिमकोट गाउँपालिकाको वडा-४ मा स्वस्थ्य स्वयम सेबिकाको रुपमा काम गर्दै आउनु भएकी बाक्ली लामाले हालसम्म आफूले कस्तो काम गरेको भनेर जनताले भन्ने र आफ्नो कुरा आफै भन्न कठिन हुने भएको कारण तपाईहरु अब बिरामी र बालबालिकाको राम्रो सेवा गर्नु होला भन्ने सुझाब दिइन्।
उनले गाउँमा गर्भवतीलाई गर्भ जाँच गराउनदेखि प्रसुति गृहमा सुत्केरी प्रोत्साहन गर्न र बालिकालाई खोप लगाउन महत्वपूर्ण भूमिका खेल्दै आएकी लामाले नयाँ स्वास्थ्य सेविकालाई यो कुरामा ध्यान दिन आग्रह गरिन्।
आफ्नो वडामा घरमै सुत्केरी हुने चलनको अन्त्य गर्न महत्वपुर्ण भुमिका खुल्नु भएकी उनले खोप लगाउने बालबालिकाको संख्या पनि सतप्रतिशत पुगेको दाबी दावी गरिन्। त्यति मात्र होइन पूरा स्वास्थ्य स्वयम सेबिकाहरुले गर्भवती महिलाहरुको अबस्थाका वारेमा जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा खबर पनि गर्ने गरेको अर्की सेबिका गुहेला रावतले बताइन्।
गर्भवती र खोप लगाउने बालबालिकाको राम्रो ख्याल गर्न पनि उनले नयाँलाई आग्रह गरेकी थिइन्। सबै नयाँ स्वास्थ्य स्वयम सेबिककाको तर्फबाट सिमकोट ५ की नन्ददेबि रोकायाले पुरानाहरुबाट राम्रो कुरा ग्रहण गर्ने र बिरामीको रेखदेख र सरोकारवाला निकायमा समन्वय गर्ने प्रतिबद्धता जनाइन्।
यसरी सिमकोट गाउँपालिकामा स्वस्थ्य स्वयम सेविकाको रुपमा राम्रो काम गर्दै आएकी लामा मात्र नभएर अन्य तीन दर्जन भन्दा बढी महिला पढे लेखेको नभएका कारण सो पदबाट बिदा भएका हुन।उनीहरु सबैलाई गाउँपालिकाले दोसल्ला ओढाएर सम्मान मात्र गरेको छैन्, परस्कृत पनि गरेको उपाध्यक्ष बली रावतले बताए।
राम्रो राम्रो गरेको भएपनि अहिलेको जमान अनुसार पढे लेखेको हुन पर्ने प्राब्धानलाई लागू गर्नु परेपछि उनीहरु बिदा भएको उपाध्यक्ष रावतले बताए। अब पुराना स्वास्थ्य स्वयम सेबिकाबाट नयाँले धेरै कुरा सिक्न आग्रह समेत गरिएको थियो कार्यक्रममा सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको पनि उपस्थिती थियो।
सिमकोट गाउँपालिकाले आफ्ना आठ वटै वडामा कम्तीमा पनि एसइइ परीक्षा उतीर्णलाई स्वस्थ्य सेविकाको रुपमा राख्ने नीतिलाई स्वीकार सबै वडामा सेवा सो भन्दाा माथिल्लो तहकालाइ स्वास्थ्य स्वयम सेबिकाको रुपमा राखिएको जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































