
काठमाडौं-विश्वभर २८औ अपाङगता दिवस मनाइरहँदा नेपालमा भने फरक क्षमता भएका व्यक्तिहरुले आफैले बनाएका चित्रकलालाई प्रदर्शनीमा राखेका छन्।
प्रदर्शनीमा करीब ८० वटा पेन्टिङहरु राखिएका छन्। जसमा पाङगता भएका १८ जना व्यक्तिहरु आफैंलले तयार पारेका चित्रहरु हुन ।
उनीहरुले बनाएको चित्रमा समाजमा हुने गरेको अपाङगता प्रतिको विभेद, समावेशिता र सृजनशीलतालाई चित्रकला मार्फत उजार गरिएको छ भने मानव चेतनालाई सही दिशामा कसरी लगाउन सकिन्छ भनेर नयाँ सोच समेत देखाएका छन्।
बिहीबार काठमाडौंको ललितकला क्याम्पसमा आयोजना गरिएको उक्त समावेशी कला प्रदर्शनीलाई सृजनशील पंखेटाहरु नाम दिइएको छ। चित्रकलाको उद्घाटन महिला बालबालिका तथा समाज कलेयाणमन्त्री पार्वत गुरुङले उद्घाटन गरकेा थिए। यसका साथै मन्त्री गुरुङले अपाङ्गता भएका व्यक्तिहरुको आत्मनिर्भताको लागि पहल गर्ने प्रतिवद्धता जनाए।
४० वटा चित्रकला समावेश गरिएको उक्त प्रदर्शनीमा कूचिकार पेशामा अपाङगता भएका व्यक्तिहरु पनि सक्षम, सवल र आत्मनिर्भर हुन सक्छन् भन्ने देखाउन खोजिएको छ।