सिमकोट- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही उपस्थित कार्यक्रमलाई लक्षित गरी नेकपा विप्लवका कार्यकर्ताहरुले बिष्फोट गरेका छन्।
अन्तर जिल्ला जोड्ने सडकको सिलान्यास गर्न हुम्ला आएका शाहीले सो कार्यक्रम सम्पन्न गरि एक विद्यालय भवनको शिलान्यास कार्यक्रममा भाषण गरेको केही समय पछि विष्फोट भएको थियो।
दिउसो साढे दुई बजेतिर ताँजाकोट गाउँपालिका वडा नम्बर ४ गल्लावाडामा मुख्यमन्त्री शाही उपस्थित एक विद्यालयको शिलान्यास कार्यक्रमलाई मुख्यमन्त्रीले भाषण गरेको केही समय पछि ताँजाकोटकै पाँदा खौला क्षेत्रमा बम बिष्फोट भएको ठूलो आवाज आएको र धुलो पनि उडेको स्थानीय गोर बहादुर मल्लले बताए।
मुख्यमन्त्री सम्मीलित कार्यक्रम गल्लावाडा गहिरो ठाउँमा भएको कारण बम बिष्फोट भएको आवाज नसुनिए पनि अग्ला ठाउँमा सुनिएको उनले बताए । बम बिष्फोटबाट कुनै क्षति भने भएको खबर छैन।
मुख्यमन्त्री शाही सो अबसरमा एक विद्यालयको शिलान्यास कार्यक्रममा सम्बोधन गरि सकेका थिए। साथमा सामाजिक बिकास मन्त्री दल बहादुर रावल र नेकपाका जिल्ला अध्यक्ष लालकेश जैशी पनि सँगै थिए।
यस सम्बन्धमा प्रहरीले कुनै जानकारी नआएको बताएको छ भने नेकपा बिप्लभका हुम्ला जिल्ला सक्रेटरी कुम्भ बुढा ( निर्माण ) ले बम बिष्फोट भएको स्वीकार गरेका छन्। यस अघि बिहान पनि बुढाले ताँजाकोट गाउँपालिकालाई आज जे पनि हुन सक्ने भन्दौ धम्की दिएको थिए।

भर्खरै
लोकप्रिय






































































































































































































