विद्यालय भवनको अभावमा पढाइ पनि चाैरमा, परीक्षा पनि चाैरमा

विद्यालय भवनको अभावमा पढाइ पनि चाैरमा, परीक्षा पनि चाैरमा
+
-

सिमकोट– विद्यालयमा भएका कक्षा कोठामा वार्षीक परिक्षा दिने विद्यार्थी नअट्ने भएपछि हुम्लाकाे एक विद्यालयका विद्यार्थीहरु खुला चौरमा बसेर परिक्षा दिन बाध्य भएका छन्।

कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई कक्षा कोठाको व्यवस्था नहुँदा ताजाकोट गाउँपालिकाको धर्मोदय माध्यामिक विद्यालयले खुला चौरमा राखेर वार्षीक परीक्षा गराउन बाध्य भएकाे जनाएको छ।

पठनपाठन पनि बाहिरै र वार्षीक परिक्षा पनि खुल्ला चौरमा बसेर दिनु पर्दा परिक्षामा लेख्ने बेला ध्यान अन्यत्रै मोडिने समस्या विद्यार्थीले भोग्नु परेको विद्यालयमा अध्ययनरत छात्रा शर्मिला शर्माले बताइन्।

त्यसमाथि हावा चलेको बेला उत्तरपुस्तिक र प्रश्नपत्र उडेर जाने समस्या पनि भोग्नु परेको विद्यार्थीको गुनासो छ।

सोही विद्यालयमा अध्ययनरत अर्का विद्यार्थी रोशन धामीले कोठा भित्र दिनु पर्ने परीक्षा बाहिर खुला ठाउँमा बसेर दिनुपरेको बताए।

वाार्षिक परीक्षा बाहिर बसेर दिँदा परीक्षार्थीहरुलाई असर पर्ने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बिष्णु बहादुर शाहीको भनाई छ। चिसोको बेला परीक्षा खुल्ला ठाउँमा दिँदा न्यानो भए पनि बाहिरको वातावरणले असर गर्ने उनको भनाई छ। जसले गर्दा विद्यार्थी नजितामा समेत असर पर्ने उनले बताए।

विद्यालयमा प्रयाप्त कक्षा कोठा नहुँदा चौरमै बसेर अध्ययन गरिरहेका विद्यार्थीको भवन अभावमा परीक्षासमेत खुल्ला चौरमा लिन बाध्य भएको विद्यालयका प्रधानाध्यापक गंगादत्त जैशीले बताए।

एकातिर विद्यालयमा भवन नै कम भएको र भएका भवन पनि नयाँ निर्माणका लागि भत्काएको कारण परीक्षा चौरमा सञ्चालन गर्नु परेको विद्यालयले जनाएको छ।

विद्यालयमा कक्षा १ देखि १० सम्म ३ सय २४ जना विद्यार्थी सो विद्यालयमा रहेका छन्। कक्षा १ देखि पाँचसम्मका विद्यार्थीहरुले चालू शैक्षिकसत्र भरी नै चौरमा बसेर अध्ययन गर्नु परेको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’