सागको महिला ह्याण्डबलमा भारतलाई स्वर्ण, नेपाललाई रजत

सागको महिला ह्याण्डबलमा भारतलाई स्वर्ण, नेपाललाई रजत
+
-

पोखरा – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ह्याण्डबलको फाइनलमा भारतसँग नेपाल पराजित भएको छ। फाइनलमा पराजितसँगै नेपाल रजत पदकमा सीमित भयो।

नेपालले जारी सागमा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक हात पार्न सफल भएको हो। १२ औं सागमा नेपाली महिला ह्याण्डबल टिमले चौथो स्थान बनाएको थियो।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाललाई ३६–२१ ले हराउँदै भारतले स्वर्ण हात पार्न सफल बन्यो।

भारतकै गुहावटीमा भएको १२ औं संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो। १२ औं संस्करणबाटै महिला ह्याण्डबल खेलले प्रवेश पाएको थियो।

स्वर्ण विजेता भारतका लागि मोनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन्। सोनिकाले टोलीका लागि ११ गोल गरिन्। निधि शर्माले टोलिका लागि ८ गोल थपिन्। कीपर निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १/१ गोल जोडे।

यता, घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिइन्। कबिता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन्। निषा राई र उमा राईले समान ३/३ गोल थपे। रञ्जना राईले २ गोलको योगदान दिइन्। कबिता राई र र शान्तिकला राईले समान १/१ गोल थपे।

महिला ह्याण्डबलको कास्य पदक बंगलादेशले जितेको छ। पाकिस्तानमाथि ३१–१५ गोलको नतिजा निकाल्दै बंगलादेशले कास्य पदक जितेको हो।

पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण

पुरुष ह्याण्डबलमा भने पाकिस्तानले स्वर्ण पदक जितेको छ। आइतबार भएको फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९ गोल गर्दै पाकिस्तानले सागमा दोस्रो स्वर्ण जितेको हो। भारतले भने प्रतिस्पर्धामा उपविजेता बन्दै रजत पदक जितेको छ।

उक्त स्पर्धाको कास्य पदक भने श्रीलंकाले प्राप्त गरेको छ। श्रीलंकाले बंगलादेशमाथि २६–२३ गोलको नजिता निकाल्दै कास्य पदक हात पारेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?