गौरिकाले चौथो स्वर्ण जित्नु नेपाली खेलकुद र नेपाली महिलाको ‘स्वर्णिम पल’

गौरिकाले चौथो स्वर्ण जित्नु नेपाली खेलकुद र नेपाली महिलाको ‘स्वर्णिम पल’
+
-

काठमाडौँ- पौडीबाज गौरिका सिंहले नेपालका लागि एउटै दक्षिण एसियाली खेलकुदमा चारवटा स्वर्ण जितेपछि यसअघि नेपालका लागि चार स्वर्ण दिलाएका तेक्वान्दो खेलाडी दीपक बिष्टले यो नेपाली खेलकुदका लागि स्वर्णिम पल भएको बताएका छन्।

गौरिकाको कीर्तिमानी जितपछि सोमबार देशसञ्चारसँग कुरा गर्दै दीपक बिष्टले आफूले चारवटा सागमा बनाएको चारवटा स्वर्णको कीर्तिमान गौरिकाले एउटै सागमा हासिल गरेको भन्दै यसले नेपाली खेलकुदको विकासलाई प्रतिविम्वित गरेको बताए।

‘गौरिकाको जितले म खुसी छु,’ बिष्टले भने, ‘छोट्छोटो समयमा कीर्तिमान तोडिनु भनेको खेलकुदको तीव्र विकास हुँदै गरेको लक्षण हो।’

उनले खेलाडीको विकासका लागि देशले मात्र गरेर नपुग्ने परिवारले पनि गर्न सक्नुपर्ने गौरिकाको जितले स्पष्ट पारेको प्रतिक्रिया दिए। गौरिका एसएलसी बोर्डफस्ट गरिमा राणाकी छोरी हुन्। बिष्टले सोमबारको दिन गौरिकाको जितको क्षण नेपाली खेलकुद र नेपाली महिला दुवैका लागि स्वर्णिम क्षण भएको समेत बताए।

बिष्टले गौरिकाले चौथो स्वर्ण जित्नेबित्तिकै उनलाई बधाई दिएका थिए। आठौँ सागदेखि एघारौँ सागसम्म लगातार बिष्टले नेपाललाई स्वर्ण दिलाएर आफ्नो खातामा चार स्वर्ण बनाउँदै इतिहास रचेका थिए। बिष्टको उक्त कीर्तिमानलाई गौरिकाले एकै सागमा बराबरी गरेकी छन्।

सोमबार चौथो स्वर्ण जितेपछि आमा गरिमालाई अँगालो हाल्दै गौरिका पौडी परिसरमै रोएकी थिइन्।

यसअघि उनले १३ औँ सागमा नै नेपाललाई तीन स्वर्ण दिलाइसकेकी थिइन्।

यो पनि पढ्नुहोस्

गौरिकाले दिलाइन् नेपाललाई तेस्राे स्वर्ण

गौरिकाले दिलाइन् नेपाललाई तेस्राे स्वर्ण

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?