बाल विवाह गरेका किशोरीहरु पश्चातापमा

बाल विवाह गरेका किशोरीहरु पश्चातापमा
+
-

सिमकोट – लहै लहैमा पहिले बाल विवाह गरेका हुम्लाका किशोरीहरु सानै उमेरमा विवाह गरेकोमा पश्चाताप गर्न थालेका छन् । आफ्नो अध्ययन छुटेको तर आफूसँगैका साथीसंगीहरु पढेलेखेर अगाडि बढेको देख्दा उनीहरुमा पश्चाताप देखिएको हो ।

१६ वर्षको उमेरमा विवाह गरेर १७ वर्षमा बच्चा जन्माएकी सर्केगार्ड गाउँपालिका वडा नम्बर २ रिपकी फुलमाया परियारलाई अहिले सानै उमेरमा विवाह गरेकोमा निक्कै पश्चाताप भएको छ । कक्षा नौमा अध्ययन गरिरहेको अवस्थामा विवाह गरेपछि उनको पढाई छुटेको थियो ।

त्यतिबेला साथी संगीको लहै लहैमा लागेर विवाह गरिएको भएपनि अहिले पश्चाताप लाग्ने  गरेको उनले बताइन् । २० वर्षको उमेर हुँदा अहिले उनले दुई सन्तान जन्माएकी छन् ।

उनीसँगै अध्ययन गरेका साथिहरु अहिले उच्च शिक्षा अध्धयन गरिरहेका छन् । केही जागिरे पनि छन् । सानैमा विवाह गरेको कारण स्वास्थ्य पनि ठिक नभएको र महिनै पिच्छे स्वास्थ्य चौकीमा उपचारका लागि धाईरहनु परेको उनले बताइन् ।

यता रिप गाउँकै विश्व बिकले पनि १५ बर्षको उमेरमा विवाह गरिन् । १६ वर्षमै सन्तन भयो । साथीहरु पढेलेखेर अगाडि बढेको देख्दा आफूलाई भने पश्चाताप हुने गरेको उनले बताए ।

परियार र बिक रिप गाउँकी बाल विवाह गरेर पश्चातापमा रहेका नमूना किशोरी आमा हुन् । गत वर्ष मात्र उक्त गाउँमा आठ जना किशोरीहरुले बाल विवाह गरेका थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’