खराब मौसमका कारण पीपीएल एकदिन सर्‍यो

खराब मौसमका कारण पीपीएल एकदिन सर्‍यो
+
-

पोखरा– खराब मौसमका कारण मंसिर २८ (शनिबार) देखि हुने भनिएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट निर्धारित समय भन्दा एकदिन ढिलाे सुरु हुने भएकाे छ।

पिपिएलको सम्पूर्ण तयारी सकिए पनि मौसमका कारण उद्घाटन एक दिनपछि सार्नु परेकाे आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए। प्रतियाेगिताकाे उद्घाटन आइतबार हुने जनाइएकाे छ।

पोखरामा क्रिकेट मैदानमा आयोजना हुने पिपिएल दोस्रो संस्करणको ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ट्रफी अनावरण गर्दै खेलकुदमा व्यवसायिकता अपनाउनुपर्ने बताए।

प्रदेश सरकारले खेलकुद एकेडेमीको स्थापना गरेर खेल क्षेत्रलाई प्रवद्र्धन गर्ने योजना ल्याएको जानकारी दिए। ट्रफी अनावरण कार्यक्रममा पिपिएलमा सहभागी सबै फ्रेन्चाइज टिमका टिम कप्तानहरु उपस्थित थिए।

प्रतियाेगिता टी–२० फर्म्याटमा सञ्चालन हुनेछ।

विजेतालाई २७ लाख नगद


पिपिएलकाे विजेताले २७ लाख रुपैयाँ पाउने छन्। त्यस्तै प्रतियोगिताको उपविजेता हुने टिमले १० लाख नगद रुपैयाँ पाउने भएको छ।

पहिलो संस्करणको पुरस्कार राशीमा वृद्धि नगरिए पनि अन्य विधामा पुरस्कार थप गरेको प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए।

प्रतियोगितामा विभिन्न विधाका सर्वाेत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ। प्लेअर अफ दि सिरिज, सर्वाेत्कृष्ट ब्याट्सम्यान र सर्वाेत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिने उनले बताए।

प्रतियोगिताको मोस्ट भ्यालुयबल खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको ईमर्जिङ खेलाडीलाई ५० हजार रुपैयाँ साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार नगद पाउनेछन्।

प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडिलाई सुबिसु क्लियर टिभि र प्रत्येक खेलमा सबै भन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुबिसु फास्टेस फिप्टी प्रदान गरिनेछ, जुन एक वर्षको लागि निशुल्क उपलब्ध हुनेछ।

प्रतियोगितामा नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरु प्रतिस्पर्धा गर्नेछन्। खेलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज प्रतिस्पर्धी रहने छन्।

अघिल्लो संस्करणमा २ जना विदेशी खेलाडी रहेकोमा यसपटक भने प्रत्येक टिममा तिन जना विदेशी खेलाडी छन्। टिमका खेलाडी पोखरा आइपुगेको प्रालिका प्रबन्ध निर्देशक लामाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?