मनको कुरा सुनेर गाउँ फर्कि आएँ…

मनको कुरा सुनेर गाउँ फर्कि आएँ…
+
-

पोखरा-नेपाल साहित्य महोत्सवको चौथों दिनमा अली मियाँ कक्षको स्टेजमा दुई युवालाई लेखक सरस्वती प्रतिक्षाले उतारिन्। ती युवा थिए जो जन्मथलोलाई केही समय छाडेर अन्त गएका तर पछि आफ्नै जन्मथलोमा बाँकी सिर्जनशीलता कर्म गर्न फर्किएका युवा।

आफ्नै गाउँ फर्की आए सेसनकी प्रस्तोता सरस्वतीले सुरुमै विषय प्रवेश गराइन्। ‘हामीले अन्य देशका सरकारहरुलाई हेर्यौ भने वस्तुहरु उत्पादन गरेर बाहिर निर्यात गर्ने गरिन्छ। तर हामी यस्तो देशमा छौं युवाहरु उत्पादन गरेर बाहिरी मुलुकमा निर्यात गरिन्छ।

विदेश गएका धेरैमध्ये थोरै मात्र स्वदेश फर्कीन्छन्। ति मध्ये पनि थुप्रै लाहुरेहरु फर्कीन्छन्। लडाईँमा हातखुट्टा गुमाएर। बुढेसकालको जीवन बिताउन फर्किन्छन्।

सहरमा सपनाको व्यापार गर्दा गर्दै टाट पल्टिएर फर्कीन्छन् तर कोहीभने उमेर छँदै केही गरौं भनेर आफ्नै गाउँठाउँ फर्कीन्छन्।’प्रस्तोता सरस्वतीले स्टेजमा उतारेका दुवै युवा जो आफ्नै गाउँठाउँ सम्झिएर आए। एक थिए रंगकर्मी अनुप बराल र अर्का थिए पर्यटन व्यवसायी राम गुरुङ।

अनुप बरालमाथि प्रश्न उसैगरी सरस्वतीले बर्साइन्, ‘छोराहरु लाखापाखा लागिसके बुढा भका बाआमा हेर्न पर्छ की वा पोखराको रंगमञ्‍चलाई केही गर्नुपर्छ भनेर उत्साहका साथ फर्कनुभयो?’

जवाफ दिनभन्दा अघि अनुपले आफूलाई सरस्वतीले भनाईले इमोशनल बनाएको बताए। ‘जीवनमा करियर भनेर धेरै लामो समय हिँडियो। स्कुलमा पढियो। बम्बई पनि गइयो। कति टाढा जाने जन्मदिने बाआमालाई छाडेर भन्ने लाग्यो। अब त बाआमाको नजिक गएर बस्ने बेला भएन र बराले जेठा भन्ने लाग्यो। अनि मनको कुरा सुनेर फर्कीए।’

जन्मथलो छाडेर काठमाडौं वा बाहिर जाने केही बाध्यता थिए भन्ने उनको तर्क छ। तर जन्मथलोमै केही गर्नुपर्छ भनेर सुरुवात आफैंबाट गरेको उनले बताए। ‘संसार सानो भइसकेको छ। केही काम गर्नको लागि अमेरिका युरोप सेन्ट्रिी हुनुपर्दैन। जुन काम जहाँ बसेर गरेपनि विश्वमाझ पुर्याउने शक्तिशाली साधनहरु छन्। त्यो कुरालाई महशुस गरे अनि पोखरा फर्किए।

प्रस्तोता सरस्वतीले अनुपको तर्कलाई भर दिइन्। ‘आधा छोरा र आधा कलाकार फर्कीनुभएछ’अनुप पोखरामै जन्मे हुर्केका हुन्। उनी चलचित्रकर्मी पनि हुन्। तर उनी चलचित्र भन्दा रगंकर्ममा सफल मानिन्छन्। सरस्वतीले यसो भनिरहँदा अनुपले खण्डन गरे। ‘एउटा कुरालाई मात्रै लिएर जज गर्नु जायज हुँदैन।’

अर्का सहभागी राम गुरुङ कास्कीको ग्रामीण गाउँ ल्वाङघलेलमा जन्मिए। पञ्चायतका पालामा उक्त गाउँ एउटै भएपनि अहिले दुवै गाउँलाई अलगअलग चिनिन्छ। रामले ल्वाङघलेलमा पोखरा क्यानोनिङ व्यवसाय सफलतापूर्वक सञ्चालन पनि गरिरहेका छन्। वाटर स्पोर्टस् टुरिजमबाट समग्र आर्थिक उन्नती गर्न सकिन्छ भन्ने उनको मान्यता छ।

उनको हुर्कदो उमेरमा विदेश जाने मोह गाउँभरी फैलिरहेको थियो। उनी बेलायत जाने मोहमा फस्दा उल्टै भारतको तिहार जेलमा पनि पुगे। सरस्वतीले विगत कोट्याइन्। रामले सहजरुपमै दर्शकदीर्घाको उत्सुकता मेटाए। ‘गुरुङ गाउँमा जन्मेको। विदेश जावोस् भन्ने परिवारको पनि इच्छा थियो।

द्वन्द्वको बेला गाउँमा बस्न भन्दा बाहिर जान उपयुक्त लाग्यो। तर भिसा नै नक्कली रहेछ। अध्यागनमले समात्यो। अनि दिल्लीको तिहार जेलमा बस्नुपर्यो। दशैं तिहारको बेला थियो। भारतमा दशहरा मनाइन्थ्यो। बाहिर पटका पड्कीदा मेरो आँशु झरिरह्यो।’

अनुप यहीँ जन्मे हुर्के पनि उनको ग्याप छ पोखरामा। दुई महिना अघि पोखरा फर्केर घरमै बसेर बाँकी जीवन व्यतित गर्ने र काम पनि अघि बढाउने प्रण गरेका छन्। उनलाई कस्तो लाग्यो त पोखरा यत्तिका ग्याप पछि फर्कीदा?

‘हामीले टिपेर खाने बयरघारी घरहरु भरिए। फेवातालमा गोराहरु आएर नाच्थें। अहिले त्यो चिज देख्न पाइदैन। थकाई सुस्ताउने चौतारा थिए। वरपिपल मासिए। पर्यावरणमा परिवतर्न देखें। सहरीकरणले च्याप्यो। त्यससँगै मैले पुरानो पोखरा पाउँदिन। धेरै नकारात्मक कुरा पनि भित्रिएका छन्।’

तिहार जेलको यात्रा पछि पनि राम गुरुङलाई नेपालमै केही गरौं भन्ने लागेको थियो। मनमा धेरै गुनासा थिए। धेरै रोए। धरौटीमा छुटाएर नजिकका एकजना दाईले पोखरा ल्याएपछि पनि उनको पीडा त्यतिमै सीमित भएन। उनी बेलायत गइँछाडें। तर विगतले झस्काएपछि ४ महिनामै गाउँमै फर्किने प्रण गरे र फर्कीए पनि।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?