सिमकोट विमानस्थलमा एक फिट हिउँ, हटाइँदै

सिमकोट विमानस्थलमा एक फिट हिउँ, हटाइँदै
+
-

हुम्ला-सिमकोट विमानस्थलमा एक फिट भन्दा बढी जमेको हिउँ फाल्ने कार्य सुरु भएको छ।

हिमपातको कारण पाँच दिनसम्म जिल्लाको हवाई सेवा भन्दा भएपछि सो सेवा सुचारु गर्न विमानस्थलको हिउँ फाल्ने कार्य सुरु भएको हो।

सोमबार मौसममा राम्रो सुधार आएपछि बिमान स्थलमा जमेको हिउँ फाल्ने काम सुरु गरिएको प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए।विमानस्थलमा एक फिट भन्दा बढी हिउँ जमेको र त्यसलाई बिमान स्थलको रन वे बाट हटाएर हवाई सेवा सुचारु गर्न हिउँ फाल्ने काम गरिएको उनले बताए।

छ सय पचास मिटर लम्बाइ र बीस मिटर चौढाई भएको बिमान स्थलको हिउँ फाल्ने काम पैतीस प्रतिशत मात्र सम्पन्न भएको नागरिक उड्डयान प्राधिकरणका प्रमुख गौरी शंकर शाहले बताए। विमानस्थलकै एप्रोनको हिउँ फाल्ने काम भने सकिएको छ।

हिउँ बेल्चा र बोराबाट फालिएको थियो। हिउँ फाल्ने काम भोली पनि जारी रहनेछ। हिउँ फाल्न सिमकोट गाउँपालिका, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, एयरलाईन्स र अन्य कर्मचारी तथा राजनीति दलका नेताहरु र संचारकर्मीको सहभागितामा हिउँ फाल्ने काम भै रहेको छ।

हिउँ पन्छाउन बिमान स्थलमा रहेको अग्नी नियन्त्रण पन्त्र पनि प्रयोग गरिएको थियो। हिउँ फाल्ने काम सम्पन्न नभएको कारण मंगलबार पनि हुम्लाको हवाई सेवा सुचारु हुने छैन।

पाँच दिनसम्म हवाई सेवा अवरुद्ध


एक मात्र यातायातको साधन हवाई सेवा पाँच दिन देखि अबरुद्ध रहदै आएको छ। विमानस्थल हिउँले सेताम्मे भएपछि हवाई सेवा अवरुद्ध भएको हो।

यसबाट सिमकोटबाट नेपालगंज र सुर्खेत झर्ने यात्रुहरु मर्कामा परेका छन्। सिमकोटमा दैनिक उपभोग्य सामानको अभाब हुन थालेको छ।

सिमकोटमा खानेपानीको हाहाकार


हिमपात भएपछि सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार भएको छ। अधिकाँस घरघरका धाराहरुमा पानी जमेर नआए पछि मानिसहरु पानी आउने धारामा लाम लाग्ने गरेका छन्। भने केही मानिस तीन धारामा गएर पानी भर्न थालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?