‘प्रहरी प्रशासन मात्र हाेईन, न्याय क्षेत्र पनि नेकपाकाे इसारामा चल्न थाल्याे’

‘प्रहरी प्रशासन मात्र हाेईन, न्याय क्षेत्र पनि नेकपाकाे इसारामा चल्न थाल्याे’
+
-

सिमकोट– जिल्लामा प्रहरी प्रशासन र कार्यालय प्रमुखहरुले ज्यादती गरेको भन्दै नेपाली कांग्रेसले त्यसको प्रतिकार गर्ने चेतावनी दिएकाे छ।

मंगलबार हुम्लाकाे सदरमुकाम सिमकोटमा कांग्रेसले आयाेजना गरेकाे विरोध र्‍यालीमा बाेल्दै कांग्रेसका नेताहरुले यस्तो अभिव्यक्ति दिएका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जीवन बहादुर शाहीले जिल्लामा बढ्दो भ्रष्टाचार र अनियमिताविरुद्ध प्रहरी प्रशासन र कार्यालय प्रमुखले दुई तिहाईको सरकारको इसारामा चलेर विभेद गरिरहेको र त्यसको नेपाली कांग्रेसले सशक्त प्रतिकार गर्ने बताए।

‘प्रहरी प्रशासन मात्र होइन न्याय क्षेत्र पनि नेकपाको इसारामा चल्न थालेपछि अब जनताले कोबाट न्यायको आशा गर्ने?’, पूर्वमन्त्री शाहीले भने।

जिल्लाका दक्षिणी क्षेत्रका स्थानीय सरकारहरु भ्रष्टाचारमा डुबेको र संविधानको मर्म अनुसार चल्न नसकेको शाहीकाे आराेप छ।

जिल्लामा भइरहेका सबै खोले विकृति विसंगतिका विरुद्ध अब प्रदेश संसदमा आवाज उठाउने कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका शाहीले बताए।

आफ्नो मन्तव्यको अधिकांश समय नेता शाहीले नेकपाको विरोधमा खर्चिएका थिए।

र्‍यालीपछि मानसरोवर बहुमुखी क्याम्पसमा आयोजना भएको विरोध सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाहीले जिल्लामा सुरक्षा निकायहरुबाट अन्यायको व्यवहार भएको बताउँदै त्यसलाई प्रहरी प्रशासनले नसुधारे कांग्रेस आन्दोलन गर्न बाध्य हुने बताए।

त्यसैगरि नेता शाहीले नेपालको सडक सञ्जाल नजोडिएको एक मात्र जिल्लाका रुपमा हुम्ला भएको स्मरण गर्दै अब जनतालाई रेलभन्दा पनि गाडीको आवश्यकता रहेको र रेलकाे कुरा दश वर्षपछि गर्न सकिने बताए।

विराेध सभामा केही नेकपा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्। नेता शाहीले विरोध सभामा कांग्रेस प्रवेश गर्ने सिमकोट गाउँपालिका वडा नम्बर ७ को डाँडाफयाका नेकपाका १० जना कार्यकर्तालाई पार्टीको सदस्यता प्रदान गरेका थिए।

नेकपाबाट कांग्रेस प्रवेश गरेका प्यामा शाहीले नेकपाका कार्यकर्ताहरु सम्पत्ति आर्जन गर्ने ध्याउन्नमा मात्र केन्द्रीत हुन थालेपछि सो पार्टी परित्याग गरेको बताए।

कांग्रेस जिल्ला सभापति जयपति रोकायाको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा पूर्वसांसद रिता शाही र मंगल बहादुर शाहीले पनि आफ्नो विचार राखेका थिए।

यसअघि सिमकोटस्थित काली चोकबाट निस्केकाे र्‍यालीले सिमकोट बजार हिउँमा परिक्रममा गर्दै वर्तमान सरकारविरुद्ध चर्को नारासमेत लगाइएकाे थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?