पोखरा महानगरका तीन आयोजनामा योजना आयोगसँग लगानी साझेदारी

पोखरा महानगरका तीन आयोजनामा योजना आयोगसँग लगानी साझेदारी
+
-

पोखरा-पोखरा महानगरपालिका र राष्ट्रिय योजना आयोगको समपूरक साझेदारी अन्तर्गत ३ आयोजनाको काम अगाडि बढाइने भएको छ।

पोखरा महानगरपालिकाले काम सुरु गरिसकेका ३ आयोजनामा थप काम गर्न आयोगसँग साझेदारी गरेको हो।

साझेदारीमा पोखरा महानगर २० मा मनिपाल र्‍यालेचौर भलाम सडक खण्डमा १ करोड २० लाख महानगर र त्यत्तिनै रकम योजना आयोगले साझेदारी गर्ने गरी काम अगाडि बढाइने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए।

बैदाम, पामे घाँटीछिना सडक खण्डमा महानगर र योजना आयोगले १ करोड ६० लाख दरले, विजयपुर-कालिका-माझठाना बेगनास सडकमा दुबै संस्थाको गरी ४ करोड यस आर्थिक वर्षमा लगानी हुनेछ।

यी ३ वटै आयोजनाहरु बहुवर्षीय आयोजना अन्तर्गत ३ वर्षसम्मका लागि गत आर्थिक वर्षदेखि प्रक्रिया अघि बढेको थियो।

राष्ट्रिय योजना आयोगको विशेष अनुदान अन्तर्गत १ करोडको लागतमा सराङकोट खानेपानी आयोजना, ८० लाखको लागतमा पोखरा २८ गहुँकाट्ने र गोतेनबारी जौबारीमा लिफ्टिङ खानेपानी आयोजना, २ करोडको लगानीमा पोखरा ११ काहुँ खानेपानी आयोजना, १ करोडको लगानीमा सडक बालबालिका पुनस्र्थापना केन्द्रको काम समेत अगाडि बढाउन बजेट विनियोजन भएको जिसीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?