
पोखरा – पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटमा चितवनले राइनोजले धनगढी ब्लुजलाई १ सय ८२ रनको लक्ष्य पेश गरेको छ।
टस जितेर ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १ सय ८१ रनको योगफल खडा गरेको हो।
चितवनका लागि आरिफ शेखले सर्वाधिक अविजित ४७ रनको योगदान गरे। उनले २० बलमा ४ छक्का र २ चौका प्रहार गरे।
छैठों नम्बरमा आएका आरिफ र सातौं नम्बरमा ब्याटिङ उत्रिएका सन्नी पटेलले ७२ रनको साझेदारीमा स्कोर बढाए। सन्नीले १७ बलमा नटआउट ३२ रनको व्यक्तिगत स्कोर बनाए। उनले ३ छक्का र १ चौका हिर्काए।
ओपनर ब्याट्सम्यान रोहन मुस्ताफा आक्रामक देखिएनन्। उनले १६ बलमा ९ रन बनाएर दीपेन्द्र सिंह ऐरीको बलिङमा आउट भए।
कप्तान पारस खड्का २३ रन बनाएर आउट भए। उनलाई अनिल खरेलले दीपेन्द्र सिंह ऐरीको हातबाट उत्कृष्ट क्याचआउट गराए। पारसले १५ बलमा १ छक्का र २ चौका हिर्काए।
बाबर हायत ३६ रन बनाएर आउट भए। २८ बलको सामना गरेका बाबरले २ छक्का र ३ चौका प्रहार गरे। उनलाई अमित यादवले १२.४ ओभरमा दीपेन्द्र सिंह ऐरीको हातबाट उत्कृष्ट क्याचआउट गराए। हरिशंकर शाह ८ रन, अनिलकुमार साह १९ रन बनाएर आउट भए।
बलिङतर्फ धनगढीका कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान २/२ विकेट झारे। ऐरीले ४ ओभरमा ४१ रन खर्चिए। खरेलले ४ ओभरमा १८ रन खर्चिए। अमित यादवले ४ ओभरमा २७ रन खर्चिएर १ विकेट लिए।
४ ओभर बलिङ गरेका सागर ढकालले ४३ रन खर्चिदा कुनैपनि विकेट झार्न सकेनन् भने, कमलसिंह ऐरीले पनि त्यति नै ओभरमा ५२ रन खर्चिदा विकेट लिन सकेनन्।
यसअघिको दुई खेलमा चितवनले लगातार जित हात पारिसकेको छ। बिहीबारको खेलमा बुटवल ब्लास्टर्सलाई १ सय १९ रनले हराएको थियो भने, पहिलो खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले हराएको थियो।
धनगढी ब्लुज दुई खेलमध्ये एक खेलमा जित हात पारेको थियो। काठमाडौं गोल्डेन वािरयर्ससँग १ सय ६ रनले पराजित धनगढीले पहिलो खेलमा विराटनगर टाइटन्सलाई ५ रनले हराएको थियो।
चितवनले दिएको लक्ष्य पछ्याउँदै धनगढी जवाफी ब्याटिङमा उत्रिएको छ।