पीपीएलबाट बाहिरिएपछि कप्तान शरद भन्छन्, ‘अफ द फिल्ड, अन द फिल्ड धेरै इस्युहरु भयो’

पीपीएलबाट बाहिरिएपछि कप्तान शरद भन्छन्, ‘अफ द फिल्ड, अन द फिल्ड धेरै इस्युहरु भयो’
+
-

पोखरा-दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटको लिग चरणबाट साविक विजेता पोखरा पल्टन बाहिरिएको छ।

प्रतियोगिताको पहिलो उद्घाटन खेलमै ज्ञानेन्द्र मल्ल कप्तानी रहेको काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटको सानदार जित निकालेको पोखराले त्यसयता लय गुमायो।लगातार ४ हार ब्यहोरेपछि अन्ततः लिग चरणबाटै यात्रा टुगिंएको छ।

लिग चरणको अन्तिम खेलमा एक्सपर्ट धनगढी ब्लुजलाई सामना गरेको पोखराले ५ विकेटको हार भोग्दै प्लेअफ नजिक पुग्न सकेन्।पहिलो चरणबाटै बाहिरिएपछि कप्तान शरद भेषवाकरले समग्र टिमको कमजोरीले नतिजा खस्केको स्वीकार गरे।

अन्तिम खेलमा रनरेटमा पछाडि भएका कारण कम्तीमा धनगढीलाई २ सय रनको लक्ष्य दिनुपर्ने सोचेर ब्याटिङ समाएको भएपनि अपेक्षाअनुसार खेल्न नसकेको उनले सुनाए।

‘पहिलो खेलमा जसरी खेल्यौं, त्यो डिजर्भ नै गरेनौं।केही पनि चलेन हाम्रो न ब्याटिङ, बलिङ, न फिल्डिङ,’ उनले भने, ‘मलाई लाग्छ अर्को वर्ष राम्रो टिम बनाएर आउनुपर्छ ।’ प्लानिङ अनुसार विदेशी खेलाडी ल्याउन नसक्नुले पनि टिम कमजोर बनेको उनले बताए।

फाइनलमा नपुग्नुको कारणबारे भने आफूले सिक्ने मौका पाएको शरदले बताएका छन्।‘अफ द फिल्ड, अन द फिल्ड धेरै इस्युहरु भयो हाम्रो।त्यो कारणले पनि ग्राउन्डमा इफेक्ट भयो ।’

तरपनि खेलाडी जित्न कै लागि खेल्ने भएकाले प्रेसर सोचेर नखेलेको उनको दाबी छ।‘हरेक टुर्नामेन्टमा फाइनलमा पुग्न सकिँदैन।टि–२० गेम यसै अनप्रिडेक्टिबल।तर म चाहिँ पोजेटिभ नै छु ।’

म्यानेजमेन्टसँगै टिमको खेलमा पनि तालमेल नमिलेकोमा भने उनले स्वीकार गरे।‘प्रोफेसनालिजम् देखिएन।प्लेयरलाई रिक्रुट गर्ने प्रोसेस पनि भएन,’ उनले भने, ‘प्लेयरलाई सेक्युरिटी हुनुपर्छ।टुर्नामेन्ट अगाडिसम्म हामीसँग कन्ट्रयाक्ट पनि भएको थिएन।च्याम्पियन भएपनि त्यो चित्तबुझ्दो थिएन ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?