आजको सूर्यग्रहण किन खास छ?

आजको सूर्यग्रहण किन खास छ?
+
-

काठमाडौँ – पौष कृष्ण औँसीका दिन बिहीबार बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दैछ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने छ भने बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । यो सन् २०१९ को अन्तिम सूर्यग्रहण हो ।

यो सूर्य ग्रहण आउँदो एक दशकमा पर्ने ४–५ सूर्य ग्रहणको तुलनामा सबैभन्दा लामो समय देखिने छ । यस आधारमा बिहीबारको सूर्य ग्रहणलाई यो शताब्दीकै सबैभन्दा लामो अवधिको सूर्य ग्रहण भनिएको छ । यो सूर्य ग्रहण अरु ग्रहणको तुलनामा धेरै क्षेत्रबाट देखिने छ ।

नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, चीन, अस्ट्रेलियासहितका क्षेत्रबाट यो ग्रहण देख्न सकिने छ ।

सन् २०१९ मा यसअघि दुई पटक सूर्य ग्रहण लागेको थियाे । गएको जनवरी ६ र जुलाई २ मा सूर्य ग्रहण लागेको थियो ।

सूर्य ग्रहण एक खगोलीय घटना हो । सूर्य र पृथ्वीको बिचमा चन्द्रमा परेपछि सूर्य ग्रहण लाग्ने गर्छ । बिहीबार लाग्ने सूर्य ग्रहणको क्रममा सूर्य ‘रिङ्ग अफ फायर’ जस्तो देखिने भएकाले विशेष रहेको छ ।

यसपछि सन् २०२० को जुन २१ मा सूर्य ग्रहण लाग्ने छ।

यो पनि पढ्नुहोस्

आज खण्डग्रास सूर्यग्रहण, कुन राशिलाई कस्तो प्रभाव?

आज खण्डग्रास सूर्यग्रहण, कुन राशिलाई कस्तो प्रभाव?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?