विज्ञहरुको समूहद्वारा प्रदेश एकमा अनुसन्धान तथा विकास केन्द्रका लागि पहल सुरु

विज्ञहरुको समूहद्वारा प्रदेश एकमा अनुसन्धान तथा विकास केन्द्रका लागि पहल सुरु
+
-

काठमाडौँ – विश्वका विभिन्न चर्चित विश्वविद्यालयमा कार्यरत विज्ञहरुको समूहद्वारा प्रदेश एकमा अनुसन्धान तथा विकास केन्द्रका लागि पहल सुरु भएको छ। सोही क्रममा बिहीबार जापानको विभिन्न विश्वविद्यालयमा कार्यरत विज्ञ तथा प्रोफेसरको टोलीले प्रदेश एकका मुख्यमन्त्री शेरधन राईसँग छलफल गरेको छ।

यसका लागि मुख्यमन्त्री शेरधन राई पनि सकारात्मक रहेको टोली सदस्य एवंं जापानको टोकियोस्थित जुनतेन्दो विश्वविद्यालयका सहायक प्रोफेसर लक्ष्मीकुमार पराजुलीले जानकारी दिए।

त्यसैगरि सोही विषयमा टोलीले प्रादेशिक योजना आयोग, प्रदेश एकका महान्यायाधीवक्ता, प्रदेश प्रमुख सचिव तथा प्रदेश सांसदसँग समेत छलफल गरेको छ। शोध केन्द्रका लागि प्रस्तावित नाम प्रादेशिक बहुशास्त्रीय अनुसन्धान तथा विकास केन्द्र राखिएपनि त्यसमा केही तलमाथि हुनसक्ने टोलीले जनाएको छ।

छलफलका क्रममा प्रदेश एकका प्रदेश सचिव सुरेश अधिकारीले अनुसन्धान तथा विकास केन्द्रका लागि सरकारले सकारात्मक रुपमा आवश्यक पहल गर्ने बताए। उनले भने, ‘छलफलकै क्रममा रहेको हुनाले यस विषयमा अझपनि टोलीसँग संवाद हुनेछ। केन्द्रको नामकै विषयमा आवश्यक्ता अनुसार हेरफेर हुनसक्ने छ।’

अधिकारीले भने, ‘यस विषयमा ऐनको निर्माण गर्ने र त्यसपछि भौतिक पूर्वाधार देखि अन्य प्रक्रियामा अघि बढ्नेछौँ।’

ऐन निर्माण भएको केही महिनाभित्रै प्रस्तावित स्थानमा काम सुरु गरिहाल्ने छलफलमा सहमति भएको छ। केन्द्रको पहिलो प्रस्तावित स्थान सुनसरीको इटहरीस्थित रेशम खेती अनुसन्धानको जमिनलाई लिइएको छ।

टोलीमा रहेका अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर डा. दिवाकर आचार्यले अनुसन्धान केन्द्रको सुरुआत प्रदेश एकबाट गर्ने र भविष्यमा अन्य प्रदेशमा समेत विस्तार काम गर्न सकिने बताए।

छलफलका क्रममा लगानीको सन्र्दभ र अनुसन्धानका लागि ठूलो क्षेत्रफलको आवश्यकता पर्नेमा जोड दिएका थिए। उनले भने, ‘यसभित्र नाट्यशाला, संग्रहालय, अतिथिगृह, अध्ययन तथा अनुसन्धानका लागि लगायतका भौतिक पूर्वाधारको आवश्यक्ता हुनसक्छ। त्यसैले पनि क्षेत्रफल ठूलो हुदाँ राम्रो हुनेछ।’

प्रस्तावित केन्द्रका अध्यक्ष तथा संरक्षकमा मुख्यमन्त्री शेरधन राई, तथा अन्य पदाधिकारीमा विज्ञ रहनुपर्नेमा जोड दिइएको छ।

छलफलका क्रममा अनुसन्धान केन्द्रका लागि प्रदेश सरकारले सुरुआती लगानी गर्नुपर्नेमा टोलीले जोड दिएको छ। टोलीमा जापानको हिरोशिमा विश्वविद्यालयमा लामो समयदेखि अध्यापन गराउदै आएका प्रोफेसर केशवलाल महर्जन, विश्वकै दोश्रो ठूलो औषधी कम्पनी नोभार्टिस कम्पनीका डा. राजु अधिकारी, टोकियो विश्वविद्यालयका उपप्राध्यापक लुसन चालिसे लगायत रहेका थिए।

यस केन्द्रको सन्र्दभमा यसअघि पनि अक्सफोर्डका प्रोफेसर डा आचार्य र मुख्यमन्त्री राईबीच छलफल भइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?