
देश सञ्चार
पुस ११, २०७६

अ
+
अ
अ
-
पोखरा-गण्डकी प्रदेश सरकारले तमु ल्होसारको अवसरमा पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
तमु समुदायको ठूलो पर्व ल्होसारको अवसरमा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको बुधबारको बैठकले बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री रामशरण बस्नेतले जानकारी दिए।
प्रदेश सरकारले गतवर्ष पनि तमु ल्होसारमा सार्वजनिक बिदा दिएको थियो।

