
सिमकोट- एकजना व्यावसायी जसले लगातार २० बर्षदेखि डोको निर्माण गरेर गाउँको समस्या समधान गरे, त्यो पनि हातैले बुनेर भन्दा पत्याउन गाह्रो होला। तर,सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप गाउँका हरि फडेराले २२ बर्षदेखि डोको बुनैरै जिविको मात्रै होइन गाउँका समस्या पनि धान्ने गरेका छन्।
उमेरले उनी ४५ वर्षका भए। फडेराले बीस वर्ष लगातार एक हजार सात सय भन्दा बढी निगालोको डोको हातैले बुनेर बिक्री गरि सकेका छन्। त्यसैले फडेराले पेशा नै डोको बुन्ने र यसैको कमाईले घरपरिवार धानिरहेको बताउँछन्।
उनी भन्छन्, ‘निगालो बनबाट ल्याउने, डोको बन्न र बिक्री गर्नु दैनिक दिन चर्या जस्तै भएको छ। अहिले गाउँमा एक डोकोको मूल्य आकार हेरी आठ सयदेखि एक हजारसम्ममा विक्री हुन्छ ।’ उनले दैनिक चार वटासम्म डोको बुन्ने गरेको बताउँदै भन्छन्, ‘ डोको बुनेर बिक्री गरेरै पाँच सदस्यीय परिवार पनि धानेका छौ। यो मेरो सी गाउँका अरु मानिसलाई सिकाएर उनीहरुलाई रोजगारी दिलाएको छु।’
उनका अनुसार अहिले साढे तीन सयभन्दा बढी घरधुरी भएको रिप गाउँमा फडेरा जस्तै अन्य सातजनाले पनि यही पेशालाई अपनाएका छन्।
घरको दैनिक काम काजका लागि वर्षमा कम्तीमा तीन वटा नयाँ डोको आवश्यक पर्ने भएपछि यो पेशा पनि रोजगारीको माध्याम भएको डोको व्यावसायी परिमल बिकको भनाई छ। उनी भन्छन्, ‘ गाउँ घरमा मात्रै होइन हामीले बुनेको डोको शहरसम्मका ग्राहक लिन आउँछन्। एक घरमा कम्तिमा तीन वटा डोको हामी प्रत्येक वर्ष बुन्दै आएका छौ।’
उनले एक हजार पाँच सय डोको बुनेर बिक्री गरिसकेका छन्।उनले बर्षभरी डोको बुनेरै आम्दानी गर्ने र परिवार पाल्न सक्षम भएको दाबी गर्छन्।