श्रीमतीलाई निर्घात कुटपिट गर्ने श्रीमान् प्रहरी हिरासतमा

श्रीमतीलाई निर्घात कुटपिट गर्ने श्रीमान् प्रहरी हिरासतमा
+
-

धनगढी -श्रीमतीलाई निर्घात कुटपिट गर्ने व्यक्ति प्रहरी हिरासतमा परेका छन्। दुर्गाथली गाउँपालिका ६ सैनपसेला घर भएका राजु जाग्रीलाई प्रहरीले हिरासतमा लिएको हो।

राजुकी श्रीमती रमा जाग्रीले श्रीमान्ले आफुलाई अनाहक निर्घात कुटपिट गरेको भन्दै प्रहरीलाई निवेदन दिएपछि राजुलाई प्रक्राउ गरि मुद्धा चलाएको हो।

एकसाता अगाडी राजुले श्रीमतीलाई मरणासन्न कुटपिट गरी तिन चार दिन कोठामै राखेका थिए। बाहिर कसैलाई जानकारी नदिएर कोठामै बन्धन बनाएर राखेकी रमालाई उनकी छोरीले घरमा आफ्नो ठूलो बुवालाई मोवाइलमा म्यासेज गरी जानकारी दिएपछि घटना सार्वजनिक भएको हो।

कोठाबाट बाहिर निकाले पछि रमाले छोरी सहित आफन्तहरुको साथ सहयोग लिइ प्रहरी कार्यालय सहित महिला अधिकार मञ्चमा न्यायका लागी उजुरी दिएकी थिइन्।

रमाको शरिर भरी निलडाम र चोटहरु देखीन्छन् । रमा न्यायका लागि महिला सेफहाउसमा आएपछि उनको न्यायका लागि पहल गरिरहेका महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीले बताइन् । रमा अहिले सेफहाउसमा खान बस्न सहित उपचार गरि रहेकी छन् ।

दुई छोरा छोरीकी आमा रमाले यस अगाडी पनि पटक पटक श्रीमान्‌ले आफुलाई कुटपिट र दुव्र्यवहार गरेको बताएकी छन्। उनका अनुसार श्रीमानको पत्रस्त्रीसँग सम्बन्ध रहेको छ र आफूलाई वेवास्ता गर्दै आएका छन्।

प्रहरी हिरासतमा रहेका राजु जाग्रीलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले नायव उपरिक्षक गणेश बमले जानकारी दिए । राजुको आफ्नो श्रीमतीसँग विगत लामो समयदेखि सदरमुकाम चैनपुरमा राजुअटो वर्क सव ग्यारेजमा बस्दै आएका थिए।

रमाले आफु अब राजुसंग नबस्ने र सम्वन्धविच्छेद गर्ने बताईन । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार महिला हिंसाका घटनाहरु वर्षमा १ सय भन्दा बढी दर्ता हुने गरेका छन्।

बझाडमा श्रीमती कुटपिट गर्ने बहुविवाह गर्ने घरवाट निकाल्ने जस्ता महिलामाथि हुने घरेलु हिसाका घटना धेरै हुने गरेका छन् तर यस्ता घटनामा भने महिलाहरुले खासै न्याय नपाएको गुनासो गर्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?