
अ
+
अ
अ
-
धनगढी– कञ्चनपुरको भीमदत्त नगरपालिकामा चार वर्षीया छोरीको बुबाले हत्या गरेको खुलेको छ।
भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीका ३० वर्षीय इन्द्र चुनाराले चार वर्षीया छोरी सुशीला चुनाराको हत्या गरेको आरोप लागेको हो।
सोमबार दिउँसो पौने चार बजे घर नजिकै उनले छोरीको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए।
चुनारा मदिरापान गरेका कारण बोल्न नसक्ने स्थितिमा रहेको र उनलाई थप अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको प्रहरीले बतायो। शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा राखिएको छ।
घटनाको बारेमा पोष्टमार्टमपछि थप जानकारी खुल्ने प्रहरीले जानकारी दिएको छ। इन्द्र चुनारा बालिकाका साैतेला बाबु हुन्।