सिमकोट-हिमाली जिल्ला हुम्लामा यसबर्ष पाँचौ पटक हिमपात भएपछि को उत्तरी भेगका किसानहरु खुसी भएका छन्। तर हिमपातले भने यहाँको जनजीवन भने प्रभावित भएको छ। बिहानबाटै मौसम बदली भए पनि दिउँसोबाट उत्तरी हुम्ला जिल्लामा हिमपात सुरु हुँदा जनजीवन प्रभावित भएको हो।
यहा दुई इन्चीसम्म जमिनमा हिउँ जमेको छ भने चिसो ह्वात्तै बढेको छ। हिउँले जमिन सेताम्ये भएको छ। हुम्ला जिल्लाका सिमकोट र नाम्खा गाउँपालिकामा हिमपात भइरहेको छ भने दक्षिणी क्षेत्रमा पानी परिरहेको छ।
गाउँपालिका, सरकार तथा गैरसरकारी कार्यालयहरुमा काम गर्न कर्मचारीलाई समेत समस्या भएको कर्मचारीहरुले बताएका छन्। बढी सेवाग्राहीको उपस्थिति हुने कार्यालयमा पनि बिहीबार निक्कै कम कर्मचारीहरुको उपस्थिति रहेको थियो। हिमपात भै रहँदा बिहीबार दिउँसो पनि तापक्रम माइनस आठ डिग्रीमा झरेको थियो।
किसानहरुले पशु तथा वस्तुहरु पनि घरबाट बाहिर निकाल्न सकेका थिएनन्। यता, हिमपात र वर्षाबाट दक्षिणी क्षेत्रका किसानहरु भने खुसी भएका छन्। किसानले छरेको उवा, जौ र गहुँ उम्रने मात्र होइन जेठासी बाली सप्रने भएपछि किसानहरु खुसी भएको बताएका छन्।
यस्तै हिमपातले उत्तरी नाम्खा गाउँपालिकाका उच्च क्षेत्रका नाम्खाका लिमी, यारी, मुचु, चाला लगाएतका गाउँका बासिन्दाहरु

भर्खरै
लोकप्रिय






































































































































































































