बाजुरा जीप दुर्घटनामा ज्यान गुमाएका ३ जनाको सनाखत, एक जना अझै वेपत्ता

बाजुरा जीप दुर्घटनामा ज्यान गुमाएका ३ जनाको सनाखत, एक जना अझै वेपत्ता
+
-

धनगढी– कर्णाली नदीमा जीप खस्दा ज्यान गुमाएका ४ मध्ये तीन जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जीप मालिकसमेत रहेका चालक बाजुराको जगन्नाथ गाउँपालिका ५ का २७ वर्षीय रमेशबहादुर शाही, हिमाली गाउँपालिका वडा नम्वर ६ का ३६ वर्षीय पवन भण्डारी र कैलाली जिल्ला मोहन्याल गाउँपालिका ५ का ३३ वर्षीय दिनेशकुमार घर्तीमगरको घटनास्थलमै मृत्यु भएको छ।

बाजुराका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटका अनुसार मृतक मध्ये एक जनाको सनाखत हुन सकेको छैन। जीपमा सवार बाजुरा स्वार्मीकार्तीक खापर गाउँपालिका –४ वाई बस्ने १३ वर्षीय सुशिला विक वेपत्ता छिन्। उनको खोजीकार्य जारी रहेको प्रहरी नायव उपरीक्षक भाटले बताए।

दुर्घटनामा परेर अन्य ४ जना घाइते भएका छन्। घाइते हनेमा मुगुका २० वर्षीय गोम्चो लामा, सोही ठाउँका २१ वर्षीय टोर्चे लामा, बाजुरा बुढिनन्दा ६ की २२ वर्षीया सरु विक र उनकी २ वर्षकी छोरी रहेकी छन्।

उनीहरु मध्ये टोर्चे र सरुको अवस्था गम्भीर रहेको र सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लैजाने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक भाटले बताए ।

घाइतेको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको छ। से १ ज १०६४ नम्बरको जीप बिहीबार दिउँसो काजुराको हिमाली गाउँपालिकामा भीरबाट कर्णाली नदीमा खसेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?