विद्युत, खानेपानी, टेलिफेन सेवा बन्द, जनजीवन कष्टकर

हुम्लाको तापक्रम माइनस १२ डिग्री ! सिमकोट बजार अन्धकार

हुम्लाको तापक्रम माइनस १२ डिग्री ! सिमकोट बजार अन्धकार
+
-

सिमकोट-हुम्लामा भारी हिमपात भएपछि जनजीवन ज्यादै कष्टकर भएको छ। चिसो अत्याधिक बढेपछि हुम्लाबासीहरु सबै सुविधाबाट बञ्चित हुनु परेको छ।

दुई दिनको लगातार हिमपात हुम्लाबासीको जनजजीबन निक्कै कष्टकर भएको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले जानकारी दिएकी छन्। उनका अनुसार हिमपात र चिसोले बाहिर जान सक्ने अबस्था नभएको र भइरहेका सुविधाहरु विद्युत, खानेपानी, टेलिफेन, इन्टरनेट सबै बन्द छन्।

साँझ सात बजे यहाँको तापक्रम माइनस १२ डिग्री पुगेको छ भने हिउ पर्ने क्रम जारी छ। यसअघि दिउसो तापक्रम माइनस ६ डिग्री थियो। दिनभरी कार्यालयमा सेवाग्राहीको उपस्थिति ज्यादै न्यून रहेको र कार्यालयमा कर्मचारीहरु पनि आगो तापेर बस्न बाध्य भएका थिए।

बिहानैबाट हिल्दु साना जलविद्युत आयोजनाको विद्युत सेवा अबरुद्ध भए पनि सिमकोट बजार अहिले अन्धकार छाएको छ। सञ्चारका नाममा नेपाल टेलिकमको सिडिएम सेवा सुचारु रहेको छ भने सोलारबाट विद्युतको व्‍यवसथा भएको स्थानमा वर्ल्डलिंकको इन्टरनेट सेवा सुचारु छ। मानिसहरुका पशुबस्तु घरबाट बाहिर निकाल्ने सक्ने अबस्था छैन।

दुई दिनदेखि पशुहरु घरमै थुनिएर राखिएको छ। घाँस गोठमै दिने गरिएको छ भने हिउ पगालेर पानी दिने गरिन्छ। बाक्लो हिमपातले सर्वसाधारणहरु एक गाउँबाट अर्को गाउँ आवजत जावत गर्न बन्द गरेका छन्।

दुई दिनदेखि हवाई सेवा बन्द
यता, हुम्लाको एक मात्र यातायताको साधन हवाइ सेवा दुई दिनदेखि बन्द हुँदा सयौ हवाई यात्रुहरु मर्कामा परेका छन्। बिहीबारबाट परेको हिमपात नरोकिदा हुम्ला घुम्न आएका आन्तरिक पर्यटकहरु र सयौ यात्रुहरु मर्कामा परेका हुन।

हुम्लामा काम बिशेष र घुम्न आएको एक दर्जन आन्तरिक पर्यटकहरु र सयौ यात्रुहरु सिमकोटमा अलपत्र परेको स्थानीय लोग भण्डारीले बताए। बिहीबारै नेपालगंज र सुर्खेत झर्ने तयारी गरि रहेका यात्रुहरु सिमकोटमा अलपत्र अबस्था परेका छन्।

बाक्लो हिममपात भै रहेको कारण उनीहरुलाई बास बस्न समेत कठिन भएको छ । सिता, समिट र तारा एयरका जहाजहरुले दर्जन भन्दा बढी उडान भर्दै आएकोमा ती सबै उडान बन्द भएका छन् । हवाई सेवा बन्द भएपछि सिमकोटमा दैनिक उपभोग्य सामानको समेत अभाव हुन थालेको छ।

लिमी सम्पर्क बिहीन
नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमाल पारीको गाउँ लिमी सम्पर्कबिहीन भएको छ। सञ्चारका अन्य मात्तयाम नभएको लिमीमा वल्र्डलिंकको इन्टरनेट सेवा पनि दुई दिन देखि घाम नलाग्दा पावर अभाबले बन्द रहँदा लिमी सम्पर्क बिहीन भएको छ।

नेट भएको बेला लिमीसँग फेसबुक च्याटमा कुराकानी हुने गरेको थियो। त्यो सैगै यारी, मुचु, चाला पनि सञ्चार सम्पर्क आउन सकेको छैन।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’