‘स्याउ त फल्यो, तर बिकेन, कति गाईबस्तुलाई दियौँ, कति कुहियो’

‘स्याउ त फल्यो, तर बिकेन, कति गाईबस्तुलाई दियौँ, कति कुहियो’
+
-

सिमकोट– हुम्लाका किसान बजारको अभावमा आफूले उत्पादन गरेका स्याउ घरमै थन्काउन बाध्य भएका छन्।

डेढ सय बोटमा फलेको स्याउले बजार नपाएपछि घरमा पच्चीस क्वीन्टल स्याउ थन्किएको सिमकोट गाउँपालिका वडा नम्बर–१ का किसान विजय भण्डारीले बताए।

४५ देखि ५० क्वीन्टल स्याउ फलेकोमा बिक्रीका लागि बजार नपाएपछि केहीकाे सुकुटी बनाएको, केही कुहिएको र केहीको रक्सी बनाए पनि स्याउ अझै सुरक्षित भण्डारण बिनै घरको कोठामा थन्क्याएको भण्डारीले बताए।

स्याउ राम्रो फल्दा कमाई राम्रो होला भन्ने सोचिएको भएपनि बजार नपाएपछि त्यसै खेर गएकोमा किसानहरु चिन्तित बनेका छन्।

भण्डारी मात्र होइन सिमकोट गाउँपालिका वडा नम्बर ४ का छिरिङ कुन्साङ लामाले पनि स्याउ घरमै थन्क्याएका छन्।

अहिले पनि लामाले तीस क्वीन्टल स्याउ त्यतिकै भण्डार गरेर राखेका छन्। १५ क्वीन्टल स्याउ त उनले चाना बनाएर पशुवस्तुलाई दिँदै आएका छन्। त्यसैगरि केहीकाे सुकुटी बनाएको पनि उनले बताए। उनका अनुसार १२ क्वीन्टल जति स्याउ कुहिएर खेर गएको छ।

१६ घरधुरी रहेको लामाको गाउँका अधिकांश घरधुरीमा कम्तिमा डेढ सयभन्दा बढी स्याउका बोट फलेका थिए। प्रतिघरधुरीमा कम्तिमा पनि २० क्वीन्टल स्याउ भण्डारण गरिएको छ।

त्यो सबै जोड्दा कम्तिमा तीन सय क्वीन्टल स्याउ लामाको गाउँमा अहिले पनि त्यतिकै भण्डारण गरिएको छ। उनीहरु बजारको पर्खाइमा रहेका छन्।

तर बजार पाउने सम्भावना कम रहेकाे लामाले बताए। हुम्लाका ठेहे, बरगाउँ, लाङदु, तोर्पा, बुराउसे, सिमकोट तल्लो र माथिल्लो गाउँमा बढी स्याउका फारमहरु रहेको र ती सबै स्याउ फलाउने किसानको चिन्ता उस्तै रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?