अल्ट्रासाउण्ड मेसिन खरिदमा प्रदेशको सार्वजनिक लेखा समितिको चासो

अल्ट्रासाउण्ड मेसिन खरिदमा प्रदेशको सार्वजनिक लेखा समितिको चासो
+
-

धनगढी– सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको अल्ट्रासाउण्ड मेसिन खरिद सम्बन्धी छानबिनका लागि प्रदेशको सार्वजनिक लेखा समितिले खरिद प्रक्रियाका सम्पूर्ण कागजपत्र अध्ययन गर्ने निर्णय गरेको छ।

समितिको शुक्रबार बसेको बैठकबाट कागजपत्र अध्ययनका लागि खरिद प्रक्रियाको शुरु देखिकै सम्पूर्ण कागजपत्र मगाउने निर्णय गरिएको समितिका सभापति कुमारी नन्दा बमले बताइन्।

यसअघि मंसिर २६ गते समितिमा सो खरीद प्रक्रियाबारे संसदीय छानबिन गर्न उजुरी परेपछि समितिले पहिलो पटक पत्राचार गर्दा भ्याट रकम थप गर्न माग गरिएको पत्र मात्रै निर्देशनालयले समितिलाई उपलब्ध गराएको थियो। ती कागजपत्रका आधारमा सम्पूर्ण खरीद प्रक्रियाबारे अनुसन्धान गर्न कठीन हुने भएपछि सम्पूर्ण कागजपत्र मगाउने निष्कर्षमा लेखा समिति पुगेको हो।

लेखा समितिको शुक्रबारको बैठकमा समितिका सदस्यहरुले प्रदेश स्वास्थ्य निर्देशनालयले खरीद गरेको अल्ट्रासाउण्ड मेसिन स्थानीय तहमा बाँड्ने योजना रहेको बुझिएकोले स्थानीय तहमा बिरामीलाई औषधि दिने स्वास्थ्यकर्मीसमेत नभएको अवस्थामा अल्ट्रासाउण्ड मेसिन बाँड्ने कुरा नीतिगत रुपमै गलत भएको बताएका छन्।

लेखा समितिले अल्ट्रासाउण्ड मेसिन किन्ने निर्णय, प्राविधिक मुल्यांकनका लागि बायो मेडिकल इन्जिनियर नियुक्त गर्दा निकालिएको सूचना, सो सूचना अनु्सार परेका आवेदन र छनौट प्रक्रिया तथा मुल्यांकनका लागि नियुक्त गरिएका बायो मेडिकल इन्जिनियर अन्य भन्दा विशिष्ट ठहरिनुको कारण र सस्तोमा दर रेट हाल्ने बोलपत्रदाता भन्दा महङ्गोमा हाल्नेलाई आपूर्ति गर्ने जिम्मा दिनुको कारणसहित खरिद प्रक्रियाका कागजपत्र माग गर्ने निर्णय गरेको हो।

समितिले शुक्रबार नै पत्रचार गरेको र एक हप्ताभित्र सम्पूर्ण कागजपत्र दिन निर्देशन गरिएको सभापति बमले बताइन्। उनले कागजपत्रको अध्ययन गरी आवश्यक परे प्रदेश स्वास्थ्य निर्देशक र सामाजिक विकास मन्त्रालयका सचिवलाई समेत बयानका लागि बोलाइने बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?