सिमकोट- भन्दा नि पत्याउनै गाह्रो। सिडिओले अर्काको मोवाइल मागेर फोनमा कुरा गर्छन।तर सिमकोटमा यस्तै भइरहेको छ।
नेपाल टेलिकमका सेवाहरु मध्य सिडिएमए सेवा बाहेक सबै सेवाहरु हुम्ला जिल्लामा अबरुद्ध भएपछि हुम्ला जिल्लाकी प्रमुख जिल्ला अधिकारी विनीता भट्टराई अर्काको मोबाईल मागेर अत्यावश्यक काम परेको बेला फोन गर्न थालेकी छन्।
बाक्लो हिमपात पछि गत बिहीबारबाट कालिकोट जिल्लाको महाबुमा रहेको नेपाल टेलिकमको टावरमा खरावी आएपछि सञ्चार सेवा बन्द भएको प्रतिफल हुम्लाका प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले तीन दिनदेखि अत्यावश्यक काम परेका बेला अर्काको मोवाईल मागेर फोन सम्पर्क गदै आएकी छन्।
किन कि उनीसंग सिडिएमको नम्बर छैन।सशस्त्र प्रहरी नायब उपरिक्षक र प्रहरी नाबउ उपरिक्षकहरुसंग भएको सिडिएमको नम्बर बोकेका माबाईल रहेका छन्।सिडिओले तिनै नम्बरबाट मन्त्रालय, विभागमा काम परेका बेला गर्दै आएकी छन्। त्यसैले त उनी भन्छिन, ‘दुर्गमको समस्या बल्ल बुझियो।’
यसो नगर्ने हो भने अन्य कुनै बिकल्प समेत छैन। धन्न डिएसपी साहेबहरुले व्यम्क्तिगत रुपमा सिडिएमएका नम्बर राख्नु भएकोले सम्पर्कमा बस्ने पाएको उनले बताइन्। यतिखेर हुम्ला जिल्लामा सिडिएमए मोवाइलको नयाँ नम्बर लिन सक्ने अवस्था पनि छैन।
त्यसैले त सिडिओ भट्टराई कति दिनसम्म यसरी चलाउनु पर्ने हो थाहा नभएको बताउँछिन्। प्रमुख जिल्ला अधिकारी जस्तो मान्छेलाई सञ्चार गर्न अर्काको मोवाइल माग्नु पर्ने अवस्था भने दुर्गमताको प्रतिफल हो।
नेपाल टेलिकमको जिएसएम, एडिएसएल, ल्याण्ड लाइन अबरुद्ध हुने बित्तिकै प्रजिअ भट्टराईले नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जजसँग उनी अर्काका नम्बरबाट समन्वय नगरेकी पनि होइनन्। तर टावर भएको ठाउँ विकट र हिमपात भएको कारण सो स्थानमा टेलिकमका प्राविधिक पुग्न नसकेपछि उनी समस्यामा परेकी हुन्।
यता, नेपाल टेकलिकमले भने हिमापातले गर्दा टावर बनाउन अझै केही दिन लाग्न सक्ने जनाएको छ। हिमपातले टेलिकमको टावरमा हिउँ जमेपछि हुम्ला पूर्णरुपमा सञ्चारविहीन भएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































