‘हाम्रो प्रयास’द्वारा २२ जना दृष्टिविहीनलाई सेतो छडी प्रदान

‘हाम्रो प्रयास’द्वारा २२ जना दृष्टिविहीनलाई सेतो छडी प्रदान
+
-

काठमाडौ- दृष्टिविहीनहरुको हक हितमा काम गर्दै आएको संस्था ‘हाम्रो प्रयास’ले  २२ जना दृष्टिविहीनरुहलाई सेतो छडी प्रदान गरेको छ।

बुधबार काठमाडौंको चाबहिलमा एक कार्यक्रमको आयोजना गरेर उक्त संस्थाले नेपाल नेत्रहीन संघका छात्राहरुलाई र काठमाडौंका विभिन्‍न ठाउँमा बस्दै आएका दृष्टिविहीनहरुलाई सेतो छडि प्रदान गरिएको ‘हाम्रो प्रयास’का अध्यक्ष प्रेम लिम्बुले जानकारी दिए।

उनले आँखा नभएकाहरुलाई लागि सेतो छडी आँखा बराबरको काम गर्ने भएकाले दृष्टिविहीनहरुलाई लक्षित गरेर यो सामाजिक काम गरेको बताए। उनले भने, ‘ हामी अपाङगता भएका व्‍यक्तिहरुको लागि सेतो छडी आँखा बराबर हो। यसैको साहारामा हामी सडकमा सजिलै गरी हिड्न सक्छौं। त्यतिमात्रै होइन सेतो छडी लड्न, अगाडिको वस्तुस्थितु स्थिति थाहा पाउन र आफ्नो बाटो आफै पहिल्‍याउने मद्दत गर्छ।’

उनले दृष्टिविहीनहरु आफैमा सक्षम छन् र केही गरेर देखाउन सक्छन् भन्‍ने उद्देश्यसहित गीत-संगीतको माध्यमबाट समाजमा आफ्नो पहिचान कायम गर्न लागि परेको जिकि गरे। उनले अब आउने दिनमा अपाङगहरु पनि देख्‍नेभन्दा कम छैनन् भनेर व्‍यक्तित्व तथा नेतृत्वका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस्तै कार्यक्रममा नेपाल  ब्राइट स्टार सोसाइटीका संस्थापक कोषाध्यक्ष  सुशील अधिकारीले सुचना प्रविधिमा पनि अपाङगता भएका व्‍यक्तिहरु आफ्नो कलाहरु देखाउन सक्ने दाबी गरे। उनले ब्राइटर स्टारले बिहीबार इक्‍वेल एकसेसमा सूचना प्रविधिमा अपाङगता भएका व्‍यक्तिहरुको प्रतियोगिता मार्फत उनीहरुको क्षमता अभिवृद्धि गर्ने लागि परेको बताए। उनले भने, ‘ हामी प्रविधिमा पनि आफ्ना पाइलाहरु पछ्याउन सक्छौ। साथै नयाँ प्रविधिमा अब्बल हुन्छौ भन्‍नका लागि नै सूचना प्रविधि प्रतियोगिता आयोजना गरेका छौँ। सहभागी हुन आउनु होला।’

यसैगरी  ब्लाइन्ड युथ एशोसिएशन फ नेपालका अध्‍यक्ष कलाधर भण्डारीले अब सरकारले अपाङगता भएका व्‍यक्तिहरुलाई सूचना प्रविधिमा सक्षम, सबल र सीपयुक्त बनाउन ल्‍यापटपको व्‍यवस्था गरिदिनु पर्नेमा जोड दिए। उनले भने, ‘ हामी हात हातमा ल्‍यापटप भन्‍ने अभियान सरकारसँग माग गर्दछौ। किनकी हामी पनि सहजै अब ल्यापटप चलाउन सक्ने भएका छौ। शिक्षा मन्त्रालयले यसबारे ध्‍यान दिनु जरुरी छ।’

यस्तै नेपाल  ब्राइट स्टार सोसाइटीका संस्थापक अध्‍यक्ष बासुदेव अधिकारीले मानिस ठूलो ज्‍यानले नभइ ज्ञानले हुने बताए। उनले अपाङगता भएका व्‍यक्तिहरुलाई प्रेरणा दिँदै भने, ‘ हामी गरे पास नभए अभ्यासको सिद्धान्तमा अगाडि बढ्यौ भने जीवनमा कहिल्‍यै पनि हार खाँदैनौ। ‘ उनले जीवनमा आफ्नो काम आफै गर्नु पर्ने र समयलाई सदुपयोग गर्नु पर्नेमा जोड दिए।

कार्यक्रममा हाम्रो प्रयासले विश्‍वभर अशान्ति फैलिएको भन्‍दै  ‘शान्ति लुकाउ कहाँ’ गीतले सबैलाई मन्त्रमुग्ध बनाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?