हिउँले सिमकोट विमानस्थल चार दिनदेखि बन्द, दैनिक उपभोग्य वस्तुको अभाव

हिउँले सिमकोट विमानस्थल चार दिनदेखि बन्द, दैनिक उपभोग्य वस्तुको अभाव
+
-

सिमकोट- शुक्रबार मौसममा सुधार आएसँगै दिउँसोबाट सिमकोट विमानस्थलमा जमेको हिउँ फाल्ने काम सकिएको छ। तर विमानस्थल भने अझै बन्द रहने भएको विमानस्थलका प्रहरी नायब उपरिक्षक राम्रसाद घर्तीमगरले जानकारी दिएका छन्।

उनका अनुसार बिहान ११ बजेबाट हिउँ फाल्न सुरु गरी बेलुका सम्पन्‍न भए पनि विमानस्थलमा जमेको पानी फ्‍याक्ने काम भइरहेको छ। जमेको पानी फ्‍याक्ननेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, कर्मचारी, सिमकोट गाउँपालिका, एयरलाईन्सका कर्मचारीहरु मिलेर बेल्चा, फ्याउरो, बोरामा बोकर फाल्ने काम गरिरहेका छन्। उक्त काम शनिबार ११ देखि १२ बजेसम्म हवाई सेवा सुचारु हुने विमानस्थलले जनाएको छ।

चार दिनदेखि हुम्लाको हवाइ सेवा बन्द


राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा गत चार दिनदेखि बन्द भएको छ। शुक्रबार मौसममा सुधार आए पनि बिमानस्थलमा जमेको पाँच इन्ची भन्दा बढी हिउँको कारण हवाइ सेवा बन्द भएको हो। हिउँकै कारण चार दिनदेखि विमानस्थल ठप्प रहेको छ।

हिउँले विमानस्थल सेताम्ये देखिएको छ भने रन वे र एप्रोन पुरै हिउँले ढाकिएको छ। यसले गर्दा आन्तरिक तथा बाह्‍य उडानहरु हुन नसक्दा पर्यटकहरु, जिल्ला बाहिर जाने अत्यावश्यक काम गर्नबाट बञ्‍चित गरेका छन्।

दैनिक उपभोग्य सामानको अभाव


हिमपातको कारण चार दिनसम्म लगातार हवाई सेवा बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्य सामानको अभाब भएको व्‍यापारी पालु रावतले बताए।
हुम्लामा यी सामानहरु नेपालगंज र सुर्खेतबाट हवाई जहाजहरुमा ढुवानी भएर आउने गर्छन्।

तेल साबुन, मसला, चिउरा, चिनी लगाएतका दैनिक उपभोग्य सामानको अभाव सुरु भएको छ। त्योसँगै जाडो महिनामा हरियो तरकारी पनि सबै नेपालगंज र सुर्खेतबाट जाने चार दिनसम्म हवाई सेवा सुचारु नभएको कारण त्यो पनि बजारमा पाउन छोडेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’