दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडियो

दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडियो
+
-

सिमकोट । सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाको दक्षिणी क्षेत्र (जो कर्णाली करिडोर भित्र पर्छ) अब भने सडक सञ्जालसँग जोडिएको छ । कवाडी नदीमा कामको जिम्मा पाएको नेपाली सेनाले बेलिब्रीज निर्माण गर्ने कार्य सम्पन्न गरेपछि दक्षिणी हुम्ला सडक सञ्जालसँग जोडिएको हो ।

कवाडी नदीमा बेलिब्रीज जोड्ने कार्य सम्पन्न भएको खुलालु लैफु, कवाडी हुँदै सलिसल्ला खण्डको निर्माण कार्य जिम्मा पाएको आयोजनाका प्रमुख नेपाली सेनाका मेजर इन्जिनीयर मिलन कार्कीले बताए ।

पुलको सबै पार्टहरु जोड्ने कार्य सम्पन्न भएको र सलिसल्ला खण्डमा सडक निर्माणका सामग्री तथा इन्धन ओसार्ने गाडीहरु चलिरहेको भए पनि पुलमा ढलान कार्य भैरहेकोले सार्वजनिक गाडी भने सञ्चालनमा नआएको उनले बताए ।

हाल कालिकोटको खुलालु देखि बाजुराको र हुम्लाको सिमाना कवाडीसम्म ८४ किलोमिटरमा गाडी सञ्चालन भैरहेकोमा अब सो पुल जोडिएपछि हुम्ला खण्डको कवाडीदेखि अदानचुलीको दोमुखसम्मको ११ किलो मिटरमा पनि गाडी गुड्ने छ ।

दुर्गमको हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्र राष्ट्रिय सडक सञ्जालसँग जोडिएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए । हुम्ला र बाजुरा जिल्ला जोड्ने कवाडी नदीमा नेपाली सेनाले बेलिब्रीज जोड्ने कार्य सम्पन्न गरेपछि हुम्ला जिल्ला औपचारिक रुपमा सडक सञ्जालसँग जोडिएको उनले बताए ।

पुलको निर्माण कार्य भएपछि जिल्लाका दक्षिणी क्षेत्रका अदानचुली र ताँजकोट गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । यसअघि उक्त गाउँपालिकाका जनताहरु दुई जिल्लाको सिमाना कवाडीमा गएर गाडी चढ्ने गरेको भएपनि अब पुल जोडिएपछि अदानचुलीका जनता दोमुख र ताँजाकोटका स्थानीयहरु पैमामा गएर गाडी चढ्न पाउने अध्यक्ष फडेराले बताए ।

पुल गत असारमै जाडिनुपर्ने भएपनि सुर्खेतमा रहेका पुलका सामानहरु कालिकोटको खुलालुमा कर्णाली नदीमा पानीको बहाब बढेपछि ती सामानहरु फेरीमा ढुवानी हुन नसके पछि काम रोकिएको थियो । निक्कै चर्चा पाएर पनि कार्य सम्पन्न हुन नसकेको कर्णाली करिडोर अन्र्गतग हुम्ला र बाजुरा जिल्ला जोड्ने कवाडी नदीमा बेलिब्रीज जोड्ने कार्य सम्पन्न भएको छ ।

नेपाली सेनाको जिम्मामा रहेको उक्त पुल जोडिए सँगै दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएकोमा स्थानीय बासीहरु निक्कै खुशी भएका छन् । कार्णाली करिडोर कै दोमुख देखि सलीसल्लासम्मको ५० किलोमिटरमा पनि नेपाली सेनाले काम गरिरहेको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’