भाक्का दिवसमा भाक्काको स्वादमा रमाए झापाली (तस्बिरहरु)

भाक्का दिवसमा भाक्काको स्वादमा रमाए झापाली (तस्बिरहरु)
+
-

झापा –कोच राजवंशी समुदायले मंगलबार ‘राष्ट्रिय भाक्का दिवस’ एक कार्यक्रम गरि मनाएको छ। सामाजिक संस्था कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिको आयोजनामा झापाको बिर्तामोडमा बृहत्त साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाइएको हो।

भाक्का दिवस कार्यक्रम बिहान ८ बजेदेखि बिर्तामोडको वान स्टप मल अगाडि भएको थियो। भाक्का कोच राजवंशी समुदायले चिसो (हिउदे) मौसममा खाने प्रमुख परिकार हो।

पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भाक्का खाने चलन व्यापक बनेको छ । राजवंशी जातिमा मात्र सीमित रहेको भाक्का खाने चलन सबै जातजातिबीच लोकप्रिय बनेपछि यसलाई प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाउन थालिएको कोचिला ग्राभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए।

भाक्का चामलको पीठोबाट बनाइन्छ । शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ । पीठोको चामलमा कुनै बस्तु मिसाउट नहुने तथा पानीको बाफमा मात्र पकाउने गरेकाले भाक्का पूर्ण अग्र्यानिक र स्वास्थ्यकर खाजाको रुपमा परिचित छ ।

भाक्का दिवस कार्यक्रमलाई प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सहयोग गरेको छ। जिल्लास्थित सरकारी उच्च पदस्थ अधिकारीहरुले भाक्काको स्वाद लिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?