
मित्रबन्धु पौडेल
माघ २, २०७६

अ
+
अ
अ
-
हाइकु
मुटु भेटियो?
चौर हुँदै हिमाल
यतिको पञ्जा !
मुटु हरायो
‘मिस् कल’ले बगायो
मात्र ‘सीम’ छ !
हरायो मुटु
ललिता निवास र
तेत्तीस ‘किलो’ !
जुन मुटुमा
स्टेन्ट हैन ‘किलो’ छ
सृष्टि सकिन्छ !
मुटु चोरियो
बाह्रबुँदे–सरण
मृत्युवरण !
(सन्दर्भः मुटु र मन नभएका सम्पादक भन्ने प्रधानमन्त्रीको आरोपबाट प्रभावित)

