पाँच महिनाअघि पहिरोले क्षति पुर्‍याएको झोलुङ्गे पुल अझै बनेन, स्थानीयलाई सास्ती

पाँच महिनाअघि पहिरोले क्षति पुर्‍याएको झोलुङ्गे पुल अझै बनेन, स्थानीयलाई सास्ती
+
-

सिमकोट– करिब पाँच महिनाअघि गत भदौमा पहिराले क्षति पुर्‍याएको हुम्लाको सर्केगार्ड गाउँपालिका वडा नम्बर २ रिपगाडको झोलुङ्गे पुलको हालसम्म मर्मत हुन सकेको छैन।

स्थानीय सरकारदेखि सरोकारवाला निकायहरुले पुलको मर्मतका लागि रुचि नदेखाएको स्थानीयको गनासो छ। उक्त पुल २०५५ सालमा निर्माण गरिएको थियो।

मर्मतका लागि स्थानीय सरकारदेखि सरोकारवाला निकायहरुमा माग गर्दा पनि कतै सुनुवाई नभएको स्थानीय गुरु फडेराले बताए।

पुल नबन्दा दैनिक रुपमा पैदल यात्रु, गाईवस्तु, दाउरा टिप्ने स्थानीयदेखि मुगु र बाजुराबाट सामान ढुवानी गर्ने खच्चडहरु आवत–जावतमा कठिनाई भएको छ। हाल खोलामा अस्थायी काठे पुल निर्माण गरेर मानिसदेखि पशुवस्तु आवत–जावत गरिरहेका छन् ।

तत्कालका लागि काठे पुललाई विकल्पको रुपमा प्रयाग गरिएको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले बताए।

पुलको सिरानमा भीर फुटेर पहिरो गएका कारण उक्त पुल मर्मत गर्दा भोलि अरु जोखिम हुन सक्ने देखिएकाले पुलको मर्मतभन्दा पनि नयाँ पुल निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ छ।

पैदल यात्रुहरुले छोटो बाटोको प्रयोग गर्ने हुँदा हिउँदमा पुल धेरै प्रयोगमा नआउने भएपनि पशुबस्तु र दाउरा टिप्ने, घाँस काट्ने स्थानीयलाई भने समस्या भएको छ। अब गाउँपालिकाले त्यसलाई मर्मतभन्दा पनि उपयुक्त ठाउमाँ नयाँ पुल निर्माणको लागि पहल गर्ने उपाध्यक्ष धामीले बताए।

कर्णाली करिडोर क्षेत्रमै पर्ने सो स्थानमा पुल अत्यावश्यक छ। हिउँदमा खोला सानो भएपनि बर्खामा खोला तर्न कठिन हुन्छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’