आस्थाले कार्यक्षेत्रमा भएको प्रहरीलाई अभद्र व्यवहार गरेको पुष्टि भए के मुद्दा लाग्छ?

आस्थाले कार्यक्षेत्रमा भएको प्रहरीलाई अभद्र व्यवहार गरेको पुष्टि भए के मुद्दा लाग्छ?
+
-

काठमाडौँ– कलाकार आस्था राउत यतिबेला चर्चामा छिन्। बुधबार सिक्किम यात्राका क्रममा आन्तरिक विमानस्थलमा आस्थाले आफूमाथि महिला प्रहरीले दुर्व्यवहार गरेको फेसबुक मार्फत बताएकी थिइन्।

आस्था राउतको फ्यान पेजबाट लाइभ आएकी उनले प्रहरीलाई रुखो शब्द बोलेर सम्बोधन गरेकी छन्। उनले भिडियोमा प्रहरीलाई ‘पिउसो, डन्ठे, हवल्दार, सिपाहिनी, पिउसो, पिउपा’ जस्ता शब्दसहित रिसाएर उच्चारण गरेकी छन्।

उनले भिडियोमा ठूला पदका प्रहरीहरुले तपाईँ शब्द बोल्छन् तर सानो पदकाहरुले त तँ भन्छन् भनेकी छन्।

उनले प्रहरीको जरा ‘गन्धा’ भएको भन्दै टुप्पोबाट राम्रो भएर नहुने बताएकी छन्। यसपछि उनले विमानस्थलमा विवाद भएकी महिला प्रहरीलाई के गर्छु भनेकी छन् त्यो अति क्रुर र विद्रुप  सुनिन्छ।

यसपछि पनि उनी रोकिएकी छैनन्। आफ्नो परिवारमा पनि प्रहरी भएको जानकारी दिएकी आस्थाले प्रहरीलाई डन्ठे, बन्दुके जस्ता शब्द प्रयोग गरेकी छन्।

उनले गाली गरेको भिडियो भाइरल भएपछि तहल्का मच्चियो। यसपछि शुक्रबार आस्था राउत एयरपोर्टमा भएको भिडियो सार्वजनिक भयो।

भिडियोमा यस्तो भएको छ,

आस्था हातमा कफी बोकेर चेकिङ मेसिनमा पुगेकी छन्। उनलाई महिला प्रहरीले ज्याकेट खोल्न भनेकी छन्। आस्थाको हातमा भएको कफी महिला प्रहरीले आगमन तर्फको टेबलमा राखिदिएकी छन्। त्यसपछि आस्थाले ज्याकेट खोल्दै बाहिर निस्किएकी छन्। उनलाई हस्याङफस्याङ गरेको जस्तो देखिन्छ, उनी पुन: चेकिङमा जान्छिन्।

मेसिनबाट निस्किएको ज्याकेट उनले लिन्छिन्, महिला प्रहरीले आस्थालाई कफी फिर्ता दिन्छिन्। आस्थाले कफी लिन मान्दिनन्। प्रहरीले कफी आस्थातर्फ लगेको देखिन्छ, आस्थाले लिन खोज्दिनन्।

केहीबेर दिन खोज्ने र आस्थाले लिन नखोजेको देखिन्छ। पछि प्रहरीले कफी ब्यागमा हाल्न खोजेको जस्तो देखिन्छ। त्यसपछि कफी टेबलमा राखेर महिला प्रहरी ड्यूटीमा फर्किएकी छन्। आस्था औंला ठड्याउँदै रिसाएको जस्तो गर्छिन् र ज्याकेट लगाएर निस्किन्छन्।

के भन्छ प्रहरी ?

बुधबारको घटना शुक्रबारसम्म आइपुग्दा असामान्य भइसकेको छ। आस्थाले फेसबुकबाट प्रहरीलाई गाली गरेको भिडियो हटाइसकेकी छन्। शुक्रबार उनले प्रयोग गरेका केही शब्द प्रयोग गर्न हुन्थेन भनेकी छन्। उनी आफूलाई गाली गर्नेहरुले आफ्नो औकात देखाएको भन्दै ३८ मिनेट लामो लाइभमा पोष्टिएकी छन्।


शुक्रबार नै विमास्थलमा सुरक्षा जाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले आफूलाई गायिका आस्थाले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिइसकेकी छन्।

आस्था राउतका विषयमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटी भन्छन्, ‘आस्थालाई ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दायर हुन सक्छ।’ उनका अनुसार जिल्ला प्रशासन कार्यलय काठमाडौँ अन्तर्गत मुद्दा दर्ता हुनेछ। कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूका अनुसार कसूर पुष्टि भए ५ महिना देखि १ वर्षसम्म कैद र पाँचसयदेखि १ लाख रुपैयाँ नगद जरिवाना हुन्छ।

यस्तै महानगरीय प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण वज्राचार्यले गायिका आस्था राउतले प्रहरीलाई अमर्यादित शब्द प्रयोग गरेको प्रमाणित भएमा कारवाही हुने बताएकी छन्। वज्राचार्यले यो विषय अनुसन्धानको क्रममा रहेकोले सत्य तथ्य छानबिन भएपछि प्रमाणित भए कारवाही हुने बताइन्।

देशसञ्चारसँगको फोन सम्पर्कमा वज्राचार्यले भनिन्, ‘एयरपोर्टमा भएको घटनाको भिडियो सार्वजनिक भयो। भिडियोमा के भएको छ भन्ने मात्र देखिन्छ। हामीले हाम्रो कर्मचारीलाई सोधपुछ गरिसकेका छौँ’, उनले भने, ‘आस्था हाम्रो सम्पर्कमा आउनुभएको छैन, हामी केही कदम चाल्नु अगाडि उहाँको कुरा पनि सुन्न चाहन्छौँ।’

आस्थाको फेसबुकबाट सार्वजनिक भएको भिडियोमा उनले प्रहरीलाई सम्बोधन गरेको शब्द अमर्यादित पाइएका छन्। अनुसन्धानको क्रममा प्रमाणित भए उनलाई कानुन अनुसार कारवाही हुने प्रहरीले जानकारी दिएको छ।

यस्तै, हवाई क्षेत्रमा खटिएका राष्टसेवक, प्रहरी कर्मचारीलाई दुर्व्यवहार गरेको पाइएमा नेपालमा गैर सैनिक हवाई उड्डयन (सिभिल एभिएसन ऐन २०१५) ले काम गर्छ।

यो ऐनको दफा ९ क को ६ बमोजिम आस्था राउतलाई कारवाही गर्न सकिन्छ,

यस्तो अपराध गर्नेलाई पाँच वर्ष देखि १० वर्षसम्म कैद हुन्छ।

यो पनि पढ्नुहोस्

आस्था राउतलाई ट्विटरमा गालीको ओइरो

आस्था राउतलाई ट्विटरमा गालीको ओइरो

आस्था राउतविरुद्ध प्रहरी जवानले दिइन् उजुरी

आस्था राउतविरुद्ध प्रहरी जवानले दिइन् उजुरी

आस्थाले अमर्यादित शब्द प्रयोग गरेको प्रमाणित भएमा कारवाही हुन्छ: एसएसपी किरण वज्राचार्य

आस्थाले अमर्यादित शब्द प्रयोग गरेको प्रमाणित भएमा कारवाही हुन्छ: एसएसपी किरण वज्राचार्य

सामाजिक सञ्जालमा आलोचना भएपछि आस्थाले भनिन्, ‘फ्यान, मेरो लागि बोलिदिनुस्’

सामाजिक सञ्जालमा आलोचना भएपछि आस्थाले भनिन्, ‘फ्यान, मेरो लागि बोलिदिनुस्’

गायिका आस्था राउत प्रकरणमा गम्भीर अनुसन्धान हुन्छ: मेट्रो प्रमुख पोखरेल

गायिका आस्था राउत प्रकरणमा गम्भीर अनुसन्धान हुन्छ: मेट्रो प्रमुख पोखरेल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?