हुम्ला दुई दिनदेखि सञ्चार सम्पर्कविहीन

हुम्ला दुई दिनदेखि सञ्चार सम्पर्कविहीन
+
-

सिमकोट– हिमाली जिल्ला हुम्ला दुई दिनदेखि सञ्चार सम्पर्कविहीन भएको छ। शुक्रबार दिउँसोबाट हुम्लामा सञ्चालनमा रहेको सीडीएमए र जिएसएम मोबाइल सेवा तथा वल्र्डलिंकको इन्टरनेट सेवा अवरुद्ध भएपछि हुम्ला पूर्णरुपमा सञ्चार सम्पर्कविहीन भएको हो।

जिल्ला बाहिर रहेका सिमकोट गाउँपालिका वडा नम्बर १ का दिपक भण्डारीले बिहीबार दिउँसोवाट हुम्लामा रहेका घरपरिवार र साथीभाइसँग सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन नसकेको बताए। हुम्लाको खबर के छ केही थाहा हुन नसकेको उनले बताए।

तीन हप्ता अगाडिदेखि हुम्ला जिल्लामा नेपाल टेलिकमको एडिएसएल सेवा अवरुद्ध भएको थियो। त्यसबीचमा वल्र्डलिंकको इन्टरनेट सेवा पनि शुक्रबारबाट बन्द भएको उनले बताए।

कालिकोटको माहावु लेकमा रहेको टावर बिग्रिएपछि टेलिकमको जिएसएम र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ।

टेलिकमले जिएसएम सेवालाई जुम्लाबाट काम चलाउ रुपमा उपलब्ध गराएको भएपनि हाल सबै सेवा बन्द भएका छन्।

त्यसैगरि नीजि क्षेत्रको एनसेलकाे सेवा पनि एक महिनादेखि बन्द रहेकाे छ। हिमपात भइरहेकोले कहाँ बिग्रिएकाे हाे भन्ने टेलिकमले पत्ता लगाउन सकेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?