तीन दिनपछि हुम्लामा टेलिफोन सम्पर्क जोडियो, ल्याण्डलाइन र एडिएसएल अझै अवरुद्ध

तीन दिनपछि हुम्लामा टेलिफोन सम्पर्क जोडियो, ल्याण्डलाइन र एडिएसएल अझै अवरुद्ध
+
-

सिमकोट-हिमाली जिल्ला हुम्लामा सञ्चार सम्पर्कबिहीन भएको दिनपछि पुन: सञ्‍चार जोडिएको छ।

सिमकोट गाउँपालिकाको छोपाखोर (किरिने) लेकमा रहेको नेपाल टेलिकमको टावरका लागि स्थापना गरेको सोलार प्यानलमा हिउँ पग्लिएर पावर चार्ज भएपछि तीन दिनपछि हुम्ला जिल्ला सञ्चार सम्पर्कमा आउन सफल भएको हो।

गत शुक्रबार दिउँसोदेखि आईतबार एघार बजेसम्म सञ्चार सम्पर्क बिहीन भएको हुम्ला जिल्ला सम्पर्कमा आएको नेपाल टेलिकम हुम्लाले ब.जनाएको छ। छोपाखोर लेकमा स्थापना भएको टेलिकमको टावरका लागि स्थापना भएको सोलार प्यानलमा जमेको हिउँ घाम लाग्दा पग्लिएर पावर चार्ज भएपछि सिडिएमए र जिएसएम सेवा सुचारु भएको हो।

हिमपातले टेलिकमको ल्याण्डलाइन र एडिएसएल सेवा तथा वर्ल्डलिंकको इन्टरनेट सेवा अझै अबरुद्ध हुदा जिल्ला इन्टरनेट सेवाबाट भने विच्छेद नै छ।
कालिकोट जिल्लाको माहाबु लेकमा रहेको टावरमा खरावी आउँदा हुम्लाको सो सेवा बन्द भएको र मौसममा सुधार आए तीन चार दिनमा बन्न सक्ने नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका इन्जिनीयर सुसिम पोखरेलले बताए।

त्यस बिचमा बेला बेला जाने आउने गर्दै आएको वल्र्डलिंकको इन्टरनेट सेवा पनि शुक्राारबाट पुर्ण रुपमा बन्द भएको छ।

टेलिकमले जिएसएम सेवालाई जुम्लाबाट काम चलाउ रुपमा सेवा उपलब्ध गराएको हो।त्यसै गरी नीजि क्षेत्रको एनसेलका सेवा पनि एक महिना देखि बन्द रहेका छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’