कीर्तिमान आरोही निर्मल पूर्जाले अति आदर र स्नेहले नाम लिने सारथी मिङ्गमा ग्याबु (डेभिड) शेर्पा । पूर्जाले ८ हजारभन्दा माथिका विश्वका सबै हिमाल सात महिनाभन्दा कम समयमा चढेर बनाएको कीर्तिमानमा सबैभन्दा बढी साथ दिएका हुन् उनलाई मिङ्गमा डेभिड शेर्पाले ।उनी आफै पनि कीर्तिमान पर्वतरोही हुन्। पेशाले पर्वतारोहण गाइडका रुपमा कार्यरत मिग्माको आफ्नै नाममा कीर्तिमान छ र उनी नेपालका उत्कृष्ट आरोहीका संख्यामा गनिन्छन् ।