हुम्लामा पहिलो पटक सात छाउगोठ भत्काइए

हुम्लामा पहिलो पटक सात छाउगोठ भत्काइए
+
-

सिमकोट- हिमाली जिल्ला हुम्लामा छाउ गोठ भत्काउने कार्यको थालनी भएको छ।

नेपाल सरकारले स्थानीय प्रशासनलाई छाउ गोठ भत्काउन निर्देशन दिएपछि स्थानीय प्रशासनको सहजिकरण र गाउँपालिकाको प्रत्यक्ष सहयोगमा खार्पुनाथ गाउँपालिकाबाट छाउ गोठ भत्काउने कार्यको थालनी भएको हो।

स्थानीय तहका जनप्रतिनिधिहरु, महिला, प्रहरी प्रशासनको पहलमा हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ र ५ मा सात वटा छाउ गोठ भत्काउने कार्य सुरुवात भएको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताइन्।

खार्पुनाथमा जनप्रतिनिधिहरुको सहयोगले यो कामको सुरुवात भएपनि छाउ गोठ भत्काउनका लागि अन्य गाउँपालिकाका जनप्रतिनिधिहरुबाट सहयोग नपाएको उनले गुनासो गरिन्।

यो कार्यलाई सफल बनाउन चाँडै एउटा साझा रणनीति तयारी गर्ने क्रममा स्थानीय प्रशासन रहेको प्रजिअ भट्टराईले बताएकी छन् । हाल भत्काईको गोठका लागि महिलाहरु बढी सकृय ररहदै आएबका छन्।

जिल्लामा प्रहरी र स्थानीय सरकारको समन्वयमा छाउ गोठको बिबरण लिने कार्य सुरु भएपनि सबै बिबरण नआएको प्रहरीले जनाएको छ। अब केही दिनमा जिल्ला भरि रहेको छाउ गोठको पुर्ण बिबरण आउने भएको छ । त्यसपछि त्यस बिरुद्ध अभियान संचालन गर्ने तयारी भै रहेको प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनले पहिलो चरणमा सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली र ताँजकोट गाउँपालिकामा रहेका छाउगोठ भत्काउने अभियान संचालन गर्ने लक्ष लिएको राखिएको छ।

सरकारले छाउ गोठ मुक्त गर्न देशका ७७ वटै जिल्लाहरुमा परिपत्र सर्कुलर गरेको अबस्थामा हुम्लाका अधिकाँस महिलाहरु छाउ गोठ, पाल टाँगेर वार खुल्ला आकाश मुनी महिनावारी भएको बेला पाँच देखि सात दिन बस्दै आउनु पर्ने बाध्यता रहेको छ।

यसले गर्दा महिलाहरुमा चिसोबाट हुने रोग लाग्ने मात्र होइन अन्य रुपमा पनि असुरक्षित महशुस हुन पुगेको देखिन्छ।महिलाहरुले पनि डराई डराई बस्नु परि रहेको छ । मुलुकी अपराध संहिता २०७४ मा छाउपढी प्रथालाई अपराधका रुपमा परिभाष्तिा गरेको छ।

छाउ गोठमा बस्ने र वस्न पठाउने दुबैलाई तीन महिना कैद र तीन हजार रुपियाँ जरिवानाको ब्यबस्था गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’