
काठमाडौँ— स्मार्ट फोन ब्राण्ड रियलमीले रियलमी फाइभ सिरिज अन्तर्गतको नयाँ क्वाड क्यामेरा फोन ‘रियलमी फाइभ आई’ नेपाली बजारमा भित्र्याएकाे छ।
५ हजार एमएच ब्याट्री, थप राम्रो क्यामेरा र डिजाइनको साथमा उक्त मोबाइल बजारमा ल्याएको कम्पनीले जनाएको हो।
यसले सफ्टवेयर, कलरओएस ६.१ ले रियल प्राइभेसी फङ्सन, हटस्पट म्यानेजमेन्ट, क्लिनर र सम्पल युआई जस्ता थुप्रै फिचरहरु प्रदान गर्दछ।
रियलमी फाइभ आईका विभिन्न भेरियन्टहरुको मूल्य ४ प्लस ४६ जीबीलाई २० हजार ९ सय ९० रुपियाँ निर्धारण गरिएको कम्पनीले बताएको छ।
कलरओएस ६.१ को साथमा रियलमीफाइभ आईले डार्क मोड एक्टिभेट गर्न सक्छ, जसले गर्दा अध्यारो स्थानमा फोन चलाउँदा आँखालाई सहज हुने गर्दछ।