हिमपातले सिमकोट–हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध

हिमपातले सिमकोट–हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध
+
-

सिमकोट– हिमपातका कारण कर्णाली करिडोर अन्तर्गत सिमकोट–हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध हुँदै भएको छ। उक्त सडक उच्च हिमाली क्षेत्र पर्ने भएकोले बाक्लो हिमपातले गर्दा सडक सेताम्मे हुँदा यातायात सेवा अवरुद्ध भएको हो।

सिमकोट–हिल्सा सडक आंशिक रुपमा सञ्चालनमा आउँदा सिमकोट आवत–जावत गर्न, सामान ढुवानी गर्न सहज भएको अवस्थामा हिमपातपछि यातायात सेवा पुनः अवरुद्ध हुँदा स्थानीयलाई समस्या भएकाे छ।

चीनको ताक्लाकोबाट हिल्सा हुँदै सिमकोटसम्म सञ्चालनमा रहेको सडक यातायात विगत डेढ महिनादेखि अवरुद्ध भएको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताए।

हुम्लामा गत मंसिर १२ गतेबाट सुरु भएको हिमपात हुने क्रम अझै रोकिएको छैन।

उक्त सडक सञ्चालनमा आएपछि टिपर, बोलेराे जीप र ट्याक्टरबाट यात्रु तथा दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामानहरु ढुवानी सहज भएकाे थिाे।

९५ किलोमिटर दूरी रहेको यो सडकमा सबै किसिमका गरी ६ दर्जनभन्दा बढी यातायातका साधानहरु गुड्दै आएका थिए। हिमपातले सडक अवरुद्ध भएपछि ठाँउ–ठाँउमा ती सवारी साधनहरु थन्किदै आएका छन्।

सो सडकखण्डको उच्च क्षेत्रमा चारदेखि पाँच फिट हिउँ जमेको कारण सडक सञ्चालन कहिले आउँछ भन्न सकिने अवस्था छैन। भारी हिमपात भएको कारण हिउँ पन्छाएर गाडी गुडाउन सक्ने अवस्था पनि देखिँदैन।

उक्त सडककाे १० स्थानमा सिमकोट हिल्सा–सडक आयोजनाले सडकको स्तरोन्नतीको काम गरिरहेको अवस्थामा सो काम पनि बन्द भएको आयोजनाका योजना प्रमुख शशांक मिश्रले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’