शेयर धनीबीचको विवादले सुदूरपश्चिमाञ्चल कलेजमा तालाबन्दी

शेयर धनीबीचको विवादले सुदूरपश्चिमाञ्चल कलेजमा तालाबन्दी
+
-

धनगढी – धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमीमा विद्यार्थीले तालाबन्दी गरेका छन् । शेयर धनीबीच विवाद बढ्दै गएपछि पठन–पाठन ठप्प भएको भन्दै विद्याथीले तालाबन्दी गरेका हुन् ।

यस अघि एकेडेमीमा दुई दिनदेखि प्राध्यापक संघले पेन डाउन गरेको छ । प्राध्यापक संघले गरेको पेन डाउनका कारण विद्यार्थीको अध्ययन रोकिएको छ । विद्यार्थी युनियनका अध्यक्ष छत्र कठायतले एकेडेमीको प्रशासन, लेखा र विभागहरुमा ताला लगाएको बताए । उनले सञ्चालकको विवादका कारण विद्यार्थीको पढाई प्रभावित भएको बताए ।

प्राध्यापक संघले शिक्षक कर्मचारीको तलब बृद्धीको माग गर्दै बिहीबारदेखि पेन डाउन गरेको थियो । प्रत्येक वर्ष बढ्दै आएको तलब यसवर्ष शेयर धनीहरुको विवादका कारण नबढेको भन्दै पेन डाउन गरिएको प्राध्यापक संघले जनाएको छ ।

विगतमा कलेजका अध्यक्ष समेत रहेका योगेन्द्र शाही र पूर्व राज्यमन्त्री समेत रहेका नरेशवहादुर सिंहको कलेजमा शेयर रहेको थियो । सिंहले तीन वर्ष अगाडडि व्यापारी नरेश थापा सहित कलेजमै अध्यापन गराउँदै आएका कटक जप्रेल, उत्तम सिंह भण्डारी र मनोज पन्तलाई २५ प्रतिशत शेयर बिक्री गरेका थिए ।

सिंहले एक वर्ष अगाडि बाँकी २५ प्रतिशत शेयर पनि तिनै चार जनालाई बिक्री गरेपछि कलेजमा अहिले ५० प्रतिशत शेयर अध्यक्ष शाही र बाँकी चार जनाको ५० प्रतिशत शेयर रहेको छ । तर दोश्रो पटक बिक्री गरिएको शेयर अहिले सम्म दाखिला नहुँदा विवाद बढेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?