आफ्नै विवाहको निम्तो बाँडेर फर्किँदै थिइन् , टिपरले लियो ज्यान

आफ्नै विवाहको निम्तो बाँडेर फर्किँदै थिइन् , टिपरले लियो ज्यान
+
-

धनगढी – यहि माघ १३ गते धुमधामका साथ विवाह गर्ने सपना थियो रमिता भट्टको । त्यही दिनको प्रतिक्षामा थिइन उनी तर त्यो दिन नजिकिँदै गर्दा टिपरले उनको जिवन नै समाप्त गरिदियो ।

माघ १३ मा हुने विवाहको लागि केही दिन यता रमिता आफनो विवाहको निम्ता साथिहरुलाई बाँडन हिँड्दै थिइन् । कतिपयलाई निम्ता दिईसकेकी थिइन भने कतिलाई दिने क्रममा थिइन् । तर विवाहको मिति नजिकिँदै गर्दा टिपरले उनको प्राण लियो ।

बिहीबार अपरान्ह कञ्चनपुरको पुर्वपश्चिम महेन्द्रराजमार्गमा अन्तर्गत भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा टिपरको ठक्करबाट उनको ज्यान गयो । ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठक्कर दिँदा बैतडीको दशरथ चन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया युवती भट्टको घटनास्थलमै मृत्यु भयो ।

साईकल चढेकी रमितालाई टिपरले ठक्कर दिएको थियो । टिपरको पछाडिको चक्काले उनको टाउको किचेपछि घटनास्थलमा नै ज्यान गयो । स्थानीयले टिपर आतङ्क बढेको भन्दै टिप्परमाथी ढुङ्गामुढा गरेका छन् ।

भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्ने रमिता जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो वर्षमा अध्ययनरत थिइन् । डेढ बर्ष अघि उनले प्रकाश टेरसंग भागि विवाह गरेकी थिइन् ।

प्रकास टेरका भाई महेश टेरले भागेर विवाह भएको बताए । ‘डेढ बर्ष अघि दाजु प्रकाशसँग रमिताको भागेर विवाह भएको थियो’ ‘उनले भने–‘सांस्कृतिक परम्परा अनुसार विवाह भएको थिएन, यही १३ माघमा विवाह हुन लागेको थियो ।’ अहिले उनको शव महाकाली अस्पतालमा राखिएको छ ।

उनको मृत्यु पछि त्यहाँका स्थानीयले आन्दोलन गरेका थिए र भिड नियन्त्रण गर्न प्रहरीले केही राउण्ड आँश्रुग्याँस प्रहार गरेको थियो । स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कारबाहीको माग अघि सारेका छन् । कञ्चनपुर प्रहरीले घटना बारे अनुसन्धान भइरहेको जनाएको छ ।

घटना लगत्तै भागेका चालक जयराज पनेरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्रवहादुर चन्दले बताए । उनका अनुसार अनुसार मृतक भट्ट साईकलमा र टिप्पर एकैदिशा तर्फ गईरहेका बेला सुरुमा टिप्परले ठक्कर दिएर भट्टलाई लडाएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?