सिमकोट – हिमाली जिल्ला हुम्लामा मंगलबार बिहानैदेखि फेरि हिमपात सुरु भएको छ । सोमबार रातभरि बादल लागेको भए पनि मंगलबार बिहानबाट हिउँ पर्न सुरु भएको हो ।
बिहानदेखि सुरु भएको हिउँ जमिनमा ६ इन्ची जमेको स्थानीय नन्दकुमार सिंहले बताए । अझै हिउँ पर्ने क्रम जारी छ । हिउँसँगै बाक्लो कुहिरो लागेको कारण बाहिर अध्यारो देखिएको उनले बताए ।
तापक्रम माईनस हुँदा चिसो पनि निक्कै बढेको कारण मानिसहरु घर बाहिर निक्सन कठिन छ। हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पनि बन्द भएको छ ।
हुम्ला जिल्लामा यस बर्षको यो आठौँ हिमपात हो। पहिलो हिमपात गत मंसिर १२ गते भएको थियो।


भर्खरै
लोकप्रिय






































































































































































































