त्रिपुरेश्वरको कबडहलमा रोबोटहरुको फुटबल प्रतियोगिता

त्रिपुरेश्वरको कबडहलमा रोबोटहरुको फुटबल प्रतियोगिता
+
-

काठमाडौं-रोबोटिक्स एशोसिएशन अफ नेपालले अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता आयोजना गरेको छ।

एशोसिएशनले बिहीबार र शुक्रबार दुइदिन सम्म सञ्चालन हुनेगरी खेलकुद परिषद्को कबडहल त्रिपुरेश्वरमा अन्तर्राष्ट्रिय रोबोटिक्स कम्पिटिसन आयोजना गरेको हो।

एशोसिएशनका अध्यक्ष विकास गुरुङले प्रतियोगितामा रोबोटहरुबीच भिडन्त हुने खेल ‘यन्त्र म्यानुअल अखडा’, रोबोटले आफै काम गर्ने प्रतियोगिता ‘यन्त्र अटोमेटिक अखडा’ र रोबोट फुटबल प्रतियोगिता भइरहेको जानकारी दिए।

प्रतियोगितामा देश भित्रका ७५ भन्दाबढी विद्यार्थीहरु सहभागी भएका छन भने भारतबाट एक जना, बंगलादेशबाट २ जना र भुटानबाट २ जना टिमले सहभागिता जनाएको उनले बताए।

अध्यक्ष गुरुङले प्रतियोगितामा रोबोट फुटबल र अटोमेटिक अखडा जित्नेले एक एक लाख रुपैयाँ र दोस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार जित्ने बताए। म्यानुअल अखडा जित्नेले १ लाख ५० हजार रुपैयाँ र दोस्रो हुनेले ५० हजार रुपैयाँ जित्ने उनले बताए।

त्यस्तै पुल्चोक इन्जिनियरीङ क्याम्पसमा यही माघ १० गतेदेखि २२ गते सम्म साइन्सटेक आन्टर प्रेनरसीप फेस्टिभल आयोजना गरिएको समेत बताए। फेस्टिभलमा देशभरका इन्जिनियरीङ क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?